योङ्ग कम्युनिस्ट लिग , नेपाल ( वाई सि एल ) ले अविरल वर्षा सँगै बाँकेका बिभिन्न स्थानमा डुबान तथा कटानमा परेका सर्वसाधारण लाई उद्धारको काम सुरु गरेको छ । बाइसिएलका नेता लाल बहादुर खड्काले दिएको जानकारी अनुसार वाईसीएल ले कोहलपुर नगरपालिका वडा नं १२ को सुन्दर बस्ती लगायतका स्थानमा उद्धारको काम गरेको हो ।
उक्त कार्यमा वाईसीएल का केन्द्रीय सदस्य आकाश कार्की , माओवादी केन्द्रका युवा नेता सुरज जाँगा लगायतको सहभागिता रहेको थियो । यसैगरी वाईसीएल ले राप्ती सोनारीको वडा नं ७ को राप्ती नदिको कटान नियन्त्रणका लागी समेत श्रमदान गरेको छ । नेकपा माओवादी केन्द्र राप्ती सोनारीका उपाध्यक्ष तथा राप्ती सोनारी ७ का अध्यक्ष राम लखन थारूले खल्लाझगडीयामा तटबन्ध फुट्न सक्ने अवस्था मध्यनजर गर्दै २४ घन्टा निगरानी गरिएको जानकारी दिए । उनले सो कार्यक्रमका वाईसिएल ले सहयोग गरेको बताए । जनताको तटबन्धले निर्माण गरेको अस्थाई बाधले १२ वटा गाँउ डुबान तथा कटान काट जोगिएको वडा अध्यक्ष थारूले बताए ।
केन्द्रीय सदस्य कार्कीले सम्भावित डुबान क्षेत्रमा स्थलगत अनुगमन र उद्धार गर्दै स्थानीय बासीलाई सजक र सतर्कताका लागि सचेत गराइएको जानकारी दिए । उनले स्थानीय जनतालाई समस्या परे आपतकालीन अवस्थामा सम्पर्क गर्न आग्रह गरिएको बताए ।
वाईसीएल नेता खड्काले जिल्लाभर नै अविरल वर्षा पछि हुन सक्ने डुबान कटानका कारण हुनसक्ने जोखिम कम गर्न उद्धारका लागी टिम परिचालन गरिएको जानकारी दिए । पालिका स्तरमा टिम निर्माण गरि तयारी अवस्थामा राखिएको खड्काले जानकारी दिए ।














Leave a Reply