मुख्यबाली धानको सिजनमा देखिएको रासायनिक मलको समस्या समाधान गर्न नेकपा (माओवादी केन्द्र)ले माग गरेको छ । माओवादी केन्द्र कोहलपुरले बिहीवार बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी लाई भेट गरि किसान लाई सहज तरिकाले मल उपलब्ध गराउन माग गरेको हो ।
माओवादी केन्द्र कोहलपुरका अध्यक्ष बल बहादुर खड्काले बिहीवार नै प्रमुख जिल्ला अधिकारी जोशी लाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा सहभागी माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेन्द्र न्यौपानेले बितरण प्रणाली सहज बनाउन , गाऊ पुगेको मल कालो बजारी हुन नदिन अनुगमनको काम प्रभावकारी तवरले गर्न आग्रह गरे । गोदाममा मल थन्किने किसानले मल नपाएको गुनासो आएकाले सो कुराको अविलम्व सम्बोधन गर्न उनले आग्रह गरे ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जोसीले आठ वटै पालिकाहरूमा मल पठाउने काम भई रहेको भन्दै सहज वितरणको व्यवस्था मिलाउने बताए ।
















Leave a Reply