चर्चित लोकप्रिय गायिका कला लम्सालको नयाँ गित ‘अन्टी लभर’ यतिबेला चर्चाको शिखरमा छ । सर्वाधिक रोजाइमा पर्न सफल यो गित दर्शकहरुको मन जित्न सफ भएको हो । तीजको समयमा प्राय मौलिक तीज गितहरु सार्वजनिक गर्दै आएकी लम्सालले यस पटक भने तीजको मौका छोपेर फरक शैली बोकेको सन्देशमूलक गित ‘अन्टी लभर’ आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी थिइन् ।
गितलाई सदाबहार बनाउन मिल्ले गरी बजारमा आएको यो गित, तीजको मौलिकतामा रौनक्ता ल्याउने विश्वासका साथ ल्याएको लम्सालको भनाइ छ । परम्परागत मौलिक तीजकै मैलिकतामा नपरे पनि तीजको माहोलमा कम्मर मर्काइ मर्काइ नाच्न मिल्ने खालको छ । सधै अलि फरक मौलिकधार मार्फत नेपाली लोकगीतमा रमाउने गरेकी लम्सालले यसपालीको तीजगितमा पनि आफुलाई छुट्टै ‘स्टार क्युन’को रुपमा उभ्याउन सफल बनेकीछिन् ।
कला लम्साल र आशिष अबिरलको स्वर रहेको यो गीतमा रमेश परियारको शब्द र संगीत रहेको छ । गीत जस्तै म्युजिक भिडियो पनि आकर्षक रहेको छ । भिडियोमा गायिका लम्साल र बद्री प्रसाद तिवारीको अभिनय रहेको छ ।
सधैं जसो तीजको समयमा गीत निकाल्ने चर्चित गायिका लम्साल यसपटक भने फरक ढंगमा प्रस्तुत भएकी हुन । मौलिक, परम्परागत संस्कृतिमा आधारित तीज गीत निकालेर चर्चामा आउने गरेकी उनले अहिले भने फरक तरिकाको गित निकालेर दर्शकहरुको अधिक माया बटुल्न सफल भएकी हुन् ।
चर्चाको शिखरमा ‘अन्टी लभर’













Leave a Reply