Advertisement

कोहलपुर–नेपालगञ्ज हवल्दारपुर सडक मर्मत भदौ १५ भित्र सक्ने सहमति, समयमै नगरे ठेक्का रद्द हुने चेतावनी

कोहलपुर–नेपालगञ्ज हवल्दारपुर सडक मर्मत भदौ १५ भित्र सक्ने सहमति, समयमै नगरे ठेक्का रद्द हुने चेतावनी
२९ साउन, कोहलपुर । कोहलपुर(नेपालगन्ज राजमार्ग अन्तर्गत हवल्दारपुर सडकखण्ड मर्मतकालागी सडक डिभजन कार्यालय नेपालगन्ज र निर्माण कम्पनी बिच सहमती भएको छ । बिहिबार सडक डिभिजन कार्यालय नेपालगञ्जमा डिभिजन प्रमुख नरेन्द्र प्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले आगामी भदौ १५ गतेभित्र ठेक्का सम्झौता अनुसारको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने सहमति गरेको हो ।

नेकपा (माओवादी केन्द्र)ले सडक मर्मतको माग गर्दै सडकमै पत्रकार सम्मेलन गरेको २४ घण्टाभित्रै सडक डिभिजन कार्यालय र निर्माण कम्पनी तालिका बनाएरै सडक मर्मत गर्न सहमत भएका हुन ।

सडक निर्माणको ठेक्का पाएको श्री माँ त्रिपुरासुन्दरी पंचकोषी नागदेव जेभी, कोहलपुर चटारका प्रतिनिधि किशोर खड्का समेत सहभागी भएको बैठकले साउन ३० देखी भदौ १५ गतेसम्म लागु हुने गरी कार्यतालिका बनाई सडक मर्मतका सम्पूर्ण कार्य सम्पन्न गर्ने निर्णय गरेको सडक डिभिजन कार्यालय नेपालगन्जले जनाएको छ ।

निर्धारित तालिका अनुसार, २०८२ साउन ३० गतेदेखि Base Course Correction सुरु गरी २ दिनभित्र सक्ने, भदौ १ गतेदेखि Prime Coat/Asphalt Laying सुरु गरी ७ दिनभित्र पूरा गर्ने, भदौ ४ गतेदेखी देउराली १९ को मोडमा Rigid Pavementको कार्य सुरु गरी सोही दिन सम्पन्न गर्ने र भदौ १५ भित्र ठेक्का सम्झौताअनुसार सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने उल्लेख छ। मौसमी कारणले निर्माण सम्बन्धी कार्यमा ढिलाइ भए १/२ दिनसम्म समय थपिने पनि सहमति भएको छ ।

यस्तै, निर्माण कार्यको क्रममा सार्वजनिक यातायात तथा सर्वसाधारणको आवागमनमा कुनै बाधा नपर्ने गरी आवश्यक व्यवस्था मिलाउने र सडक सूचारु राख्ने विषयमा पनि बैठकमा सहमती भएको कार्यालयले जनाएको छ ।

बैठकले सहमति गरिएका कार्यतालिका पालना नगरे ठेक्का सम्झौता रद्द गर्ने चेतावनी पनि दिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *