योग कम्युनिष्ट लीग (वाई सि एल) की केन्द्रीय सदस्य प्रमिला चौधरीले जन्मदिनको अवसर पारेर बिपन्न परिवार लाई खाद्यान्न लगायतका सहयोग गरेकी छन । उनले आफ्नो जन्मदिनको अवसर पारेर कोहलपुर नगरपालिका वडा नम्बर ३ मा लामो समयदेखि बिमारी भई हाल आफ्नै घरमा अक्सिजनकै माध्यमबाट उपचार्थ तेज बहादुर गिरि , वडा नम्बर ४ मा अति विपन्न , अशक्त बुद्धि थारु र लिसु थारु को घरपरिवार लाई खाद्यान्न लगायतका सामाग्रि सहयोग गरि जन्म दिन मनाएकी हुन ।
जन्मदिनको अवसरमा हुने फजुल खर्च बिपन्न परिवार लाई सहयोग गरेर मनाएको केन्द्रीय सदस्य चौधरीले जानकारी दिईन । उक्त कार्यक्रममा नेकपा ( माओवादी केन्द्र) लुम्बिनी प्रदेश सदस्य सुरज जागा , वाइसीएल केन्द्रिय सदस्य बाँके जिल्ला इन्चार्ज आकास कार्की , केन्द्रिय सदस्य बिष्णु माया सिंह , वाई सि एल नेता लाल बहादुर खड्का , वाइसीएल लुम्बिनी प्रदेश सदस्य जीवन घर्ती मगर , जिल्ला उपाध्यक्ष दिपक गिरि , गगन भण्डारी लगाएत को उपस्थिती रहेको थियो ।














Leave a Reply