Advertisement

माओवादी केन्द्र नियमित रक्तदाता समूहको रक्तदान, २३ प्वाइन्ट रगत संकलन

नेकपा (माओवादी केन्द्र) कोहलपुरले गठन गरेको नियमित रक्तदाता समूहले आईतवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर नगर समितिले तिन तिन महिनाको अवधिमा रक्तदान गर्ने योजना अनुसार गत जेठ १ गतेदेखी ‘नियमित रक्तदाता समूह’ मार्फत रक्तदान अभियान संचालन गर्दै आएको छ ।

समूहले आईतबार रक्तसञ्चार इकाई कोहलपुरमा गरेको रक्तदान कार्यक्रममा २३ प्वाइन्ट रगत संकलन भएको छ । नियमित रक्तदान गर्ने रक्तदाताहरुको समुहले हरेक तिन तिन महिनामा रक्तदान गर्ने गरी अभियान संचालन गरीएको नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समिति अध्यक्ष बल बहादुर खड्का (अबिरल) ले जानकारी दिए । समुहमा धेरै भन्दा धेरै रक्तदाताहरुलाई समेट्ने लक्ष्य राखिएको खड्काले बताए ।

रक्तदान कर्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य नरेन्द्र न्यौपाने, प्रदेश सल्लाहकार शेषकान्त शर्मा, पार्टी जिल्ला संयोजक नरेन्द्र पाण्डे (जेम्स), नगर अध्यक्ष बल बहादुर खड्का लगाएतका नेता कार्यकर्ता तथा सुवेच्छुकहरुले रक्तदान गरेका थिए ।

माओवादी केन्द्रले सृजनात्मक गतिविधि मार्फत जनतासँग जोडिने प्रयन्त गर्दै आएको छ । नयाँ नेतृत्व चयन भएदेखी नै विभिन्न गतिविधि संचालन गर्दै आईरहेको नगर पार्टीले संगठन विस्तारसँगै रचनात्मक तथा सृजनात्मक गतिविधिमा समेत जोड दिईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *