Advertisement

माओवादीको दवावपछि कोहलपुर नेपालगंज सडकखण्ड मर्मत सुरु

कोहलपुर / कोहलपुर–नेपालगन्ज अन्तर्गत हवल्दारपुर सडकखण्ड मर्मत कार्य सुरु भएको छ । नेकपा (माओवादी केन्द्र) को निरन्तर दवावपछि सोमबारदेखी उक्त सडकखण्डको बाँकी काम सुरु गरीएको हो ।

बिहीबार सडक डिभिजन कार्यालय नेपालगन्जमा डिभिजन प्रमुख नरेन्द्र प्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले आगामी भदौ १५ गतेभित्र ठेक्का सम्झौताअनुसार सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने सहमति गरेको थियो । सोही सम्झौता अनुसार आजबाट काम सुरु भएको सडक निर्माणको जिम्मा पाएको श्री माँ त्रिपुरासुन्दरी–पंचकोषी नागदेव जेभीका प्रतिनिधिले जानकारी दिए ।

यसअघि नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले सडक मर्मतको माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँके र सडक डिभिजन कार्यालय नेपालगन्जमा ध्यानाकर्षण पत्र बुझाएको थियो । ७ दिनभित्र सडक मर्मतको प्रक्रिया अगाडी बढाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाउँदा समेत कुनै प्रक्रिया सुरु नभएको भन्दै माओवादी केन्द्रले साउन २९ गते सडकमै पत्रकार सम्मेलन समेत गरेको थियो ।

त्यसलगत्तै सडक डिभिजन कार्यालय र निर्माण कम्पनीबीच तालिका बनाएर मर्मत सुरु गर्ने सहमति भएको थियो । साउन ३० देखि भदौ १५ सम्म लागू हुने कार्यतालिका अनुसार काम सम्पन्न गर्ने निर्णय भए अनुसार सडक निर्माणको काम सुरु गरीएको हो ।

लामो समयदेखी सडकखण्ड निर्माण नहुँदा सवारी साधन र स्थानियलाई आवागमनमा समस्या भएको गुनासो पछि सडक डिभिजन कार्यालयले तत्काल मर्मत कार्य सुरु नगरे ठेक्का सम्झौता रद्द गर्ने चेतावनी समेत दिएको थियो ।

यसैबिच नेकपा माओवादी केन्द्रका प्रतिनिधीहरुले उक्त सडकखण्डको अनुमगन गरेका छन । सडक निर्माण सुरु भएसँगै नेकपा (माओवादी केन्द्र) बाँके संयोजक नरेन्द्र पाण्डे (जेम्स), कोहलपुर नगर समिति अध्यक्ष बल बहादुर खड्का ९अबिरल० लगाएतका प्रतिनिधिहरुले निर्माण स्थलको अनुगमन गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *