गायक तथा सर्जक अर्जुन कौशल नेपाली साङ्गीतिक क्षेत्रमा स्थापित राम्रो नाम चलेका मध्यका कलाकार हुन् । साङ्गीतिक क्षेत्रमा उनी अर्जुन कौशलले चिनिन्छन् । तर , वास्तविक नाम भने अर्जुन लोहनी हो । कर्णप्रिय आवाजका धनी नेपाली लोक पप गीतका प्रखर गायक तथा होनहार सङ्गीतकार अर्जुनले हाल सम्मको साङ्गीतिक यात्रामा तीन सयभन्दा बढी गीतमा शब्द सङ्गीत दिइसकेका छन् ।
उनले सयौँ गीतमा आवाज दिइसकेका छन् । उनको मुख्य विधा लोक पप भएपनि अन्य लय र भाकाको गीत गाउन तथा सङ्गीत भर्न समेत उत्तिकै माहिर छन् । यतिमात्रै होइन, एकल आवाजमा सबैभन्दा बढी गीत रेकर्ड गरेको भन्दै सन २०१८ फेब्रुअरीमा अर्जुनले ‘गिनिज वल्ड रेकर्ड’ कायम गरेरका छन् ।
देशभर हुने मेला महोत्सव लगायत विभिन्न स्थानमा हुने लोक पप सांस्कृतिक कार्यक्रममा उनको उपस्थिति अनिवार्यजस्तै रहन्छ । २०५६ सालमा नै रेडियो नेपाल, क्षेत्रिय प्रसारण कार्यालय पोखरामा ‘टेप लाइब्रेरीमा दर्ता भई नेपाली साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका अर्जुन २०६९ मा रेडियो नेपालबाट गरिएको स्वर परीक्षणमा उत्कृष्ट ठहरिए । २०३६ साल चैत १ गते पश्चिम नेपालको पाल्पा जिल्लाको अर्गेली गाउँ पञ्चायत– ३ ( हाल तानसेन नगरपालिका, ) ४० मा जन्मिएका अर्जुनले बाल्यकाल निकै सङ्घर्षमय रहेको स्मरण गर्छन ।
त्यतिबेला परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण उनलाई गुल्मीको लिम्घास्थित मावलीघर पुर्याइयो । अर्जुनको आधारभूत बाल्यकाल त्यहाँ नै बित्यो । सानैदेखि तीक्ष्ण बुद्धि र मिलनसार स्वभाव भएका उनले नेपाली लोक पपको साँगीतिक बजारमा ल्याएका दर्जनौं गीतहरू सुपरहिट बनेका छन् । उनैको कर्णप्रिय स्वरमा बजारमा आएका कयौँ लोकप्रिय गीतहरू लाखौं श्रोता तथा दर्शको मनमुटुमा बस्न सफल भए ।
भीरको बाटोमा मोटर जाने भयो रे गैरा गाउँकी कान्छी लाने भयो रे…………………।
हिमचुलीमा घाम लाग्यो घमाइलो आफ्नो गाउँ, आफ्नै ठाउँ लाग्छ नि रमाइलो………………।।
क्रमशः ‘भीरको बाटो’ र ‘मनकी रानी चौतारी’ एल्बममा समेटिएका यी बोलको निकै लोकप्रिय गीत लोभलाग्दो श्रव्यदृश्य गाउँसहरमा घन्कियो । यतिमात्रै मायाप्रीति, मौलिक संस्कृति, भेषभूषा, भूगोल तथा राष्ट्रप्रेम लगाएतका विविध विधाले भरिएका अन्य थुप्रै गीतहरु नेपाली साँगीतिक बजारमा छन्, उनको शब्द, लय, स्वर र सङ्गीतमा सजिएका । नेपाली साङ्गीतिक आकाशमा पृथक् शैली मार्फत मनोरञ्जन, सचेतना, समाजीक सदभाव र विभिन्न विभेदका विरुद्ध योगदान गरेको अनुभूति हुने गरेको उनको भनाई छ ।
भीरको ०५५/५६ सालमा पहिलो एल्बम ‘आउने दसैँमा’ त्यसपछि अर्जुनले क्रमशः ०५८ मा ‘चौतारी’, ०५९/६० मा चौतारी भाग–२ ‘मनकी रानी’, ०६१ मा चौतारी भाग–३ ‘मायाको चिनो’, ०६२ मा चौतारी भाग–४ ‘मायाको चिनो’ र ०६३ मा चौतारी भाग–५ ‘म त कालीपारि’ ल्याए । यहाँसम्म आइपुग्दा उनमा उत्साहमात्रै होइन ऊर्जा नै थपियो । कारण गीतको सफलता नै भएको उनको बुुझाइ हो । त्यसपछि ०६४ मा ‘भिरको बाटो’ अनि ०६५ मा लाहुरे’, ‘लाहुरे–२’, ‘गोर्खाली पल्टन’ पस्किए ।
यी एल्बममा अर्जुनकै शब्द, स्वर र संगीतबद्ध ५ वटा गीत समेटिएका छन् । त्यस पछित अर्जुनको गति झनै बढ्यो । यसैको प्रतिफल स्वरुप उनले ०६६ मा ‘मनै त हो’, ‘भिरको बाटो–२’, ०६७ मा ‘कहाँ छ्यौ कहाँ’, ०६८/६९ मा ‘भूकम्प’, ‘भिरको बाटो ३’, ०७०/७१ मा ‘घुमिघुमि नाचिदेऊ सोल्टीनी लगाएतका गीतहरू नेपाली साँगीतिक बजारमा ल्याए । ०७३ मा ‘मस्तमगन’, ०७४ मा ‘आँखा लोभी मन पापी’ र ०७५ मा ‘डम्फु मादल’ गीत ल्याए । बिडम्बना यही सेरोफेरोमा विश्व महामारी कोरोनाको कारण जनचेतनामूलक गीतमा नै केन्द्रित रहन बाध्य हुनुपरेको तीतो अनुभव सुनाउछन अर्जुन ।
हाल बजारमा उनका चर्चित नयाँ गीतहरु ‘नेता जनता जनताका गुनासा, गरी सके बिदेशीले देशलाई घेरा बन्दी, जताततै देशै भारी छाइ सक्यो मन्दी, कालो धन बिदेशमा राख्ने तिमी हौ , जनता खराब होइनौं हामी नेतै खराब छौँ, नेताका पिडा, चुनावमा पैसाका बिटा तिमीहरू लाई चाहियो, अब बिकास खोजेर कहाँबाट पाइयो र मलाई ऋणमा चुरलुमै पार्ने तिमी हौँ लगाएतका कर्णप्रिय गीतहरु सुुन्न र हेर्न पाइन्छ । यस्तै नेता खराब होइनौं हामी जनता खराब छौँ, जनताका गुनासा, पैसा बाड्न पठाउछौ झोले कार्याकर्ता, जनताले के पाएर अझै बोल्छौ बर्ता, आफ्ना आसेपासेलाई पोस्ने तिमी हौँ,जनता खराब होइनौं हामी नेतै खराब छौँ, नेताका पिडा, जिम्मेवार नगरिक बन कति गाली गर्छौ लगाएतका छन् ।
श्रोता तथा दर्शको मन जित्न सफल जनता पनि कहाँ कम छौर आफ्नै धोक्रो भर्छौ, भ्रष्ट नेता बनाउने जनता आफै हौँ, बिदेशी को कमिसनले देशका उद्योग बन्द, जनतालाई झुक्याउने भए तिम्रा धन्दा, नदि नाला बेचेर खानी तिमी हौँ, अल्छी भयौं जनता सबै सरकार कै मुख ताक्छौ, दक्ष जन युवा शक्ति बिदेश मा डुलाउने, सोझा साझा जनतालाई कोटामा भुलाउने, जातजातिको नाममा लडाउने तिमी हौँ लगाएतका गीतहरु रहेकाछन् ।













Leave a Reply