स्थानीय तह संस्थागत क्षमता स्वमूल्यकन (लिजा) मा लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले जितेका पालिका उत्कृष्ट भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार लुम्बिनीका ७४ गाउँपालिकामध्ये माओवादी केन्द्रले जितेका गाउँपालिका उत्कृष्टमा परेका छन् ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका ९० अंक ल्याउँदै लिजामा लुम्बिनी प्रदेशमा पहिलो, पाल्पाको रिब्दिकोट गाउँपालिका ८७.५ अकं ल्याउदैँ दोस्रो, गुल्मीको धुर्कोट गाउँपालिका ८७.५० अंक ल्याउदैँ तेस्रो र दाङको राप्ती गाउँपालिका ,रुकुमको भूमे गाउँपालिकाले ८७.२५ अंक प्राप्त गरेर चौथो भएका छन ।
रुरुक्षेत्रमा माओवादी केन्द्रका नेताहरु यदु ज्ञवाली, रिब्दिकोटमा नारायण बहादुर कार्की, धुर्कोटमा भुपाल पोखरेल र राप्ती गाउँपालिकामा प्रकाश बिष्ठ , भूमे गाउँपालिका होम प्रकाश श्रेष्ठले नेतृत्व गर्नुभएको छ ।
प्रदेशमा प्रथम भएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले सम्पूर्ण पालिकाबासी, कर्मचारी एवं जनप्रतिनिधिहरुको सहयोगका कारण यो नजिता हाँसिल गरेको प्रतिक्रिया दिए । अहिलेको नजिताले आगामी दिनमा पनि थप काम गर्ने उर्जा मिलेको बताउनुभयो ।
देशभरमा ९१.७५ अकं ल्याउदैँ धादिङको बेनिघाट गाउँपालिका प्रथम भएको छ । यसको पनि माओवादी केन्द्रले नै नेतृत्व गरेको छ ।
नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले अवसर पाएमा माओवादी नेतृत्वले आफूलाई प्रमाणित गरेर देखाउने बताउनु भयो । उहाँले आगामी दिनमा अझ उत्कृष्ट काम गरेर देखाउन आग्रह गर्नुभयो । जनमैत्री शासन प्रणाली , पारदर्शिता र सुशासन माओवादी मूल उद्देश्य रहेको उहाँको भनाई छ ।













Leave a Reply