स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकन नतिजा बाँकेमा माओवादी केन्द्रले नेतृत्व गरेको खजुरा गाउँपालिका जिल्लामा उत्कृष्ट भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार बाँके जिल्लाका गाउँपालिका मध्ये माओवादी केन्द्रले जितेको खजुरा गाउँपालिका ८५ .७५ अङ्क सहित उत्कृष्ट बनेको हो । सो गाउँपालिकामा माओवादी केन्द्रका नेता डम्बर बिक ( तुफान ) पालिका अध्यक्ष रहनु भएको छ । गाउँपालिका अध्यक्ष तथा माओवादी केन्द्रका नेता तुफानले जनमैत्री स्थानीय सरकार निर्माण गर्न तथा सुशासन र पारदर्शिता कायम गरि समृद्ध खजुरा निर्माणका लागी आफू लागि परेको बताए । उक्त नतिजाका लागी कर्मचारी र खजुरा बासिलाई धन्यवाद दिए ।

खजुरा गाउँपालिकाले शासकीय प्रबन्धमा ८. ५ , सङ्गठन तथा प्रशासनमा ८ , योजना तर्जुमा व्यवस्थापनमा ७ , वित्तिय तथा आर्थिक व्यवस्थापनमा १०. २५ , सेवा प्रवाहमा १२ .५०, न्यायिक सम्पादनमा ७ , भौतिक पूर्वाधारमा १० , सहकार्य र समन्वयमा ५ .५० सहित जम्मा ८५ .७५ अङ्क सहित जिल्ला उत्कृष्ट बनेको हो । जिल्लमा कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकाले समान ८२. ७५ अङ्क प्राप्त गरेका छन । भने नेपालगन्ज उपमहानगर पालिकाले ८२ प्रतिशत , डुडुवा गाउँपालिकाले ८१. ७५ अङ्क प्राप्त गरेका छन । यसैगरी बैजनाथ गाउँपालिकाले ७६ .५० र जानकी गाउँपालिकाले ७३ प्रतिशत अङ्क प्राप्त गरेका छन ।
लुम्बिनी प्रदेशमा भने गुल्मीको रुरुक्षेत्र गाउँपालिका ९० अङ्क ल्याउँदै लिजामा लुम्बिनी प्रदेशमा पहिलो, पाल्पाको रिब्दिकोट गाउँपालिका ८७.५ अकं ल्याउँदै दोस्रो, गुल्मीको धुर्कोट गाउँपालिका ८७ .५० अङ्क ल्याउँदै तेस्रो र दाङको राप्ती गाउँपालिका ,रुकुमको भूमे गाउँपालिकाले ८७.२५ अङ्क प्राप्त गरेर चौथो भएका छन ।
रुरुक्षेत्रमा माओवादी केन्द्रका नेताहरू यदु ज्ञवाली, रिब्दिकोटमा नारायण बहादुर कार्की, धुर्कोटमा भुपाल पोखरेल र राप्ती गाउँपालिकामा प्रकाश बिष्ट , भूमे गाउँपालिका होम प्रकाश श्रेष्ठले नेतृत्व गर्नुभएको छ ।
प्रदेशमा प्रथम भएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले सम्पूर्ण पालिकाबासी , कर्मचारी एवं जनप्रतिनिधिहरूको सहयोगका कारण यो नतिजा हासिल गरेको प्रतिक्रिया दिए । अहिलेको नतिजाले आगामी दिनमा पनि थप काम गर्ने उर्जा मिलेको बताउनुभयो ।
देशभरमा ९१.७५ अङ्क ल्याउँदै धादिङको बेनिघाट गाउँपालिका प्रथम भएको छ । यसको पनि माओवादी केन्द्रले नै नेतृत्व गरेको छ ।
नेकपा ( माओवादी केन्द्र ) लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले अवसर पाएमा माओवादी नेतृत्वले आफूलाई प्रमाणित गरेर देखाउने बताउनु भयो । उहाँले आगामी दिनमा अझ उत्कृष्ट काम गरेर देखाउन आग्रह गर्नुभयो । जनमैत्री शासन प्रणाली , पारदर्शिता र सुशासन माओवादी मूल उद्देश्य रहेको उहाँको भनाई छ ।














Leave a Reply