Advertisement

कालापानी क्षेत्रमार्फत चीन भारतले गरेको व्यापार सम्झौताको वाइसिएल बाँकेद्धारा विरोध 

महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन– भारतको द्विपक्षीय व्यापार सम्झौता भएकोमा वाई सि एल बाँकेले विरोध जनाएको छ । योग कम्युनिष्ट लिग वाईसीएल बाँके जिल्ला इन्चार्ज आकाश कार्कीले जारी  गरेको विज्ञप्तिमा भारत र चीनलाई उक्त क्षेत्रमार्फत व्यापार गर्न दिन नहुने उल्लेख छ । ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी  नेपालका अभिन्न अङ्ग भएको र यसमा नेपालको स्वीकृतबिना सीमा व्यापार गर्ने भारत र चीनबीचको सहमति नेपालको सार्वभौमिकता माथिको हस्तक्षेप भएको विज्ञप्तिमा उल्लेख छ । उक्त सम्झौताले हाम्रो देशको स्वतन्त्रता, स्वाधीनता माथि आघात पुगेको भन्दै प्रतिरोध र प्रतिवादमा उत्रने चेतावनी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *