नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल (बलदेव)ले खेल क्षेत्र माओवादी पार्टीको प्राथमिकतामा रहेको बताएका छन । अखिल नेपाल खेलकुद महासङ्घ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको नेपालगंजमा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन ।
उनले जनयुद्ध काल देखी हाल अवस्था सम्म सधैँ खेल क्षेत्र लाई प्राथमिकता दिइएको बताए । उनले शिक्षा मन्त्रालय सँगै रहेको खेलकुद मन्त्रालय लाई माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले छुटै युवा तथा खेलकुद मन्त्रालय बनाएर खेल पूर्वाधार खेलाडी र प्रशिक्षक मैत्री निती र योजनाहरू निर्माण गरिएको बताए । उनले हरेक पालिका खेल मैदान , खेलाडी र प्रशिक्षकको निर्वाह भत्ता र खेल गतिविधि बढावा दिने काम माओवादीले गरेको बताए ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रकी स्थाई समिति सदस्य पूर्ण कुमारी सुबेदीले राष्ट्रका लागी खेल्ने खेलाडी लाई सम्मान गर्नुपर्ने बताइन ।
कार्यक्रममा बोल्दै पूर्व युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक)ले राज्यको प्राथमिकतामा खेल क्षेत्र पर्न नसकेको बताए । उनले आफू खेलकुद मन्त्री हुँदा खेल क्षेत्रमा नीतिगत सुधार , पूर्वाधार विकास र खेलाडी सम्मान जस्ता महत्वपूर्ण कार्यक्रमहरू सुरुवात गरेको बताए ।
उनले हरेक पालिका मा एक खेल मैदानको अवधारण अगाडि ल्याइएको बताए । उनले हरेक उमेर समुहका मानिस लाई खेलकुद सँग जोडिनुपर्ने बताए । उनले समय समयमा हुनुपर्ने राष्ट्रिय खेलकुद हुन नसक्दा खेलाडी पलाएन हुने गरेको बताउँदै छिटो भन्दा छिटो १० औ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न राज्य गम्भिर बन्नुपर्ने धारणा राखे । आफू युवा तथा खेलकुद मन्त्री हुदाको वखत १० राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा गर्ने गरि तयारी थालिएको हाल पटक पटक प्रतियोगिता सार्नु गलत भएको बताए ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अखिल नेपाल खेलकुद महासङ्घको फ्याक्स इन्चार्ज दीपक कोइरालाले नेपालमा खेल क्षेत्रको विकासका लागी माओवादी पार्टीले महत्वपूर्ण कामहरू गर्दै आएको बताए । उनले १० राष्ट्रिय खेलकुदको समय पटक पटक सारिएको सन्दर्भ लाई जड्दै हाल सम्म माओवादी पार्टीको प्रधानमन्त्री वा खेलकुद मन्त्र भएका वखत मात्रै राष्ट्रिय खेलकुद प्रतियोगिताहरू भएको दाबी गरे । राष्ट्रिय खेलकुद सुरु भएको झन्डै ४५ वर्ष हुँदा हाल सम्म २२ वटा प्रतियोगिता हुनुपर्नेमा हाल सम्म ९ वटा मात्रै राष्ट्रिय खेलकुद प्रतियोगी हुनु दुखद भएको बताए ।
त्यस मध्ये ४ वटा प्रतियोगिता राजाको पालामा भएको र बाँकी ५ वटा राष्ट्रिय प्रतियोगिता माओवादीको पालमा भएको दाबी गरे । उनले हालको दुई तिहाइको सरकारले खेलकुद प्रतियोगिता गर्न नसक्नु लाजमर्दो कुरा भएको भन्दै काँग्रेस र एमालेको प्राथमिकतामा खेल क्षेत्र नरहेको बताए । अखिल नेपाल खेलकुद महासङ्घका अध्यक्ष शिव कोइरालाले तोकिएको समयमा हुन नसकेपनि छिटोभन्दा छिटो राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु गर्न आग्रह गरे । २/ २ वर्षमा हुनुपर्ने राष्ट्रिय प्रतियोगिता नहुँदा खेलाडी पलायन भई रहेको भन्दै वर्तमान सरकार खेल क्षेत्र धराशायी बनाउन लागी परेको आरोप लगाए । कार्यक्रममा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य नरेन्द्र न्यौपाने , कृष्णा केसी नमुना , माओवादी केन्द्र लुम्बिनीका सहसचिव अकल बहादुर बंम , राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा माओवादी केन्द्रका युवा नेता दिपेन्द्र बिष्ट लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य खेलकुद महासङ्घका उपाध्यक्ष गेहन्द्र ढकालले गरेका थिए । कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी तथा खेल प्रशिक्षकहरू लाई सम्मान गरिएको थियो ।

प्रथम सम्मेलनले विष्णु ढकालको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।














Leave a Reply