Advertisement

नेपाल बुद्धिजीवी संगठन कोहलपुर नगर समितिको प्रथम सम्मेलन सम्पन्न

बाँके / नेपाल बुद्धिजीवी संगठन कोहलपुर नगर समितिको प्रथम सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले मान बहादुर ओलीको अध्यक्षतामा २१ सदस्यीय नगर समिति गठन गरेको छ।

सम्मेलनमा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सल्लाहकार शेषकान्त शर्मा, प्रदेश सदस्य नरेश केसी, बाँके जिल्ला संयोजक नरेन्द्र पाण्डे (जेम्स), नेपाल बुद्धिजीवी संगठन बाँकेका जिल्ला अध्यक्ष कृष्ण प्रसाद अधिकारी, उपाध्यक्ष बासु शर्मा तथा नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिका अध्यक्ष बल बहादुर खड्का ९अबिरल०को उपस्थिति रहेको थियो।

नवगठित नगर समितिमा अध्यक्ष मान बहादुर ओली, उपाध्यक्ष सुदीर सिंह, सचिव सुसिला थापा, कोषाध्यक्ष ईश्वर खत्रीसहित २१ सदस्य रहेका छन्।

समितिको गठनसँगै संगठनले नगरभित्रका बौद्धिक अभियन्ता तथा सचेतनालाई सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको कोहलपुर नगर समितिका अध्यक्ष बल बहादुर खड्का (अबिरल)ले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *