नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ बाँकेको सातौ जिल्ला महाअधिवेसन बाट रेसम बहादुर खत्री अध्यक्षमा निर्वाचित भएका छन । सोमवार अबेर सम्पन्न निर्वाचनमा नेपाली काँग्रेस र एमाले निकट व्यवसायीको साझा प्यानका उम्मेदवार गोपाल रञ्जितकार लाई हराउँदै माओवादी सर्मथित व्यवसायीको प्यानलको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका रेशम बहादुर खत्रीको प्यानल नै बिजयी भएको हो ।
यसै गरि खत्री प्यानल बाट सचिवमा चन्द्र बहादुर थापा , कोषाध्यक्ष बिर बहादुर बस्याल सहित १४ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । अध्यक्षमा निर्वाचित खत्री लामो समय देखि यातायात क्षेत्रमा क्रियासिल रहिदै आएका छन । नव निर्वाचित अध्यक्ष खत्रीले आफू व्यवसायी र यात्रु दुवैको हितका लागी लागि पर्ने बताए । उनले सार्वजनिक यातायात विश्वसनियता र भरपर्दो बनाउदै बाँके जिल्लाका व्यवसायीको अभिभावकको रुपमा काम गर्ने बताए । जिल्लाभरका यातायात व्यवसायीहरूको साझा संस्थाको रुपमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ बाँके रहेको छ ।
यसमा जिल्ला भरका २३ वटा व्यवसायिक प्रालिको सहभागिता रहेको छ । महाधिवेशनको उद्घाटन सत्रमा महासङ्घका उपमहासचिव शम्भु प्रसाद रिजालले लगायतले सम्बोधन गरेका थिए । महासङ्घका केन्द्रीय सदस्य टङ्क बस्यालको अध्यक्षमा उद्घाटन सत्र सञ्चलन गरिएको थियो ।














Leave a Reply