कोहलपुर / ‘कोहलपुर नगरपालिका मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९’ अनुसार विद्यालय क्षेत्रको ५० मिटर वरीपरी मदिरा र सुर्ती बेच्न नपाउने भएका छ ।
कोहलपुर नगरपालिकामा ८८ वटा विद्यालय रहेका छन् जसको ५० मिटर वरीपरी मदिरा, सुर्तीजन्य पदार्थ, विक्रि वितरण गर्ने नपाउने गरी काम सुरु गरेको छ ।
मंगलबार कोहलपुर नगरपालिकाको सभाहलमा लागुऔषध, सुर्तीजन्य र मदिरा सेवन नियन्त्रण सम्बन्धी छलफल कार्यक्रममा अधिकांश व्यक्तिहरुले अबको केहीदिनमा नै विद्यालयको हाताभित्र र विद्यालयको ५० मिटर वरीपरी मदिरा र सुर्ती बेच्न प्रतिबन्ध लगाउनुपर्ने सुझाव दिएका थिए ।
सुझाव दिँदै नेपाली काँग्रेसका कोहलपुर ११ का वडा सभापति प्रताप देवकोटाले ५०० मिटर नै वरीपरी नै लागुऔषध, सुर्तीजन्य र मदिरा सेवन प्रतिबन्ध गर्नुपर्ने र सो पसलहरुको दर्ता खारेजी गर्नुपर्ने सुझाव दिएका थिए भने ५०० मिटर भनियता पनि कार्यविधिमा भने ५० मिटर नै रहेको छ ।
सुझाव दिनेहरुमा कोहलपुर नगरपालिका ३ मा रहेको जनता माविका प्रअ चन्द्र बहादुर खत्री, सगरमाथा ज्ञानपुञ्ज माविका प्रअ मोहन चौधरी, जन ज्ञानज्योतिका सहायक प्रअ राम प्रसाद चापागाई, नेकपा माओवादीका कोहलपुरका नगर अध्यक्ष बल बहाुदर खड्का अविरल, उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डी गैरे, एककिृत समाजबादीकी नेत्री प्रेमिका शाही, राप्रपाका अर्जुनजंग शाह, शेर बहादुर शाही, हरी प्रसाद पौडेल, श्याम प्रसाद रेग्मी लगायतले तत्काल यसलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका थिए ।
कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीको प्रमुख अतिथिथ्यता तथा कोहलपुर यूवा सञ्जालको आयोजनामा लागुऔषध, सुर्तीजन्य र मदिरा सेवन नियन्त्रण सम्बन्धी छलफल भएको थियो ।
कार्यक्रममा बोल्दै उपप्रमुख सुवेदीले पालिका भित्र रहेका विद्यालय हाता भित्र र बाहिर करिब ५० मिटर कुनै पनि मदिरा, सुर्ती बेच्न नपाउने बताइन् ।

पछिल्लो अवस्थामा बालबालिकाहरुले मदिरा, सुर्ती र लागूऔषध प्रयोग गरिरहेको र विद्यालयको वरीपरी नै विक्रि वितरण गरेको भन्ने गुनासा आएका छन् । सोही गुनासाका आधारमा तत्काल कामको थालनी गर्नुपर्नेमा उनको जोड थियो । उपप्रमुख सुवेदीले सोही अनुसार काम अगाडी बढाउन नगर प्रहरी, नेपाल प्रहरी लगायतलाई अनुरोध गरिसकेको बताइन् ।
यस्तै कायृक्रममा इलाका प्रहरी कार्यालय प्रमुख (प्रहरी नायव उपरिक्षक) लक्ष्मी खनाल, इलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख अन्तिम सिजाली, कोहलपुर नगरपालिका ११ की वडा अध्यक्ष कल्पना अधिकारी शर्मा, ९ का ओपेन्द्रनाथ योगी, ८ का लाल बहादुर राना, ४ का मुवारक अलि गुजर, १२ का विरेन्द्र कुमार शाह लगायत विभिन्न राजनैतिक दलका प्रमुखहरु, होटल व्यवसायी संघका, उद्योग वाणिज्य संघ र विभिन्न विद्यालयका प्रधानध्यापकहरुको उपस्थित रहेको थियो ।














Leave a Reply