Advertisement

ज्ञानोदय पुस्तकालयको साधरणसभा भदौं २१ गते

बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रले आफ्नो २१ औं साधरण सभा तथा ८ औं अधिवेशन भदौ २१ गते शनिबार गर्ने भएकोछ ।
पुस्तकालयले २१ औं साधरण सभा तथा ८ औं अधिवेशनको पूर्वसन्ध्यामा पत्रकार भेटघाटमार्फत उक्त जानकारी गराएको हो ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा ११ बजे केन्द्रको सभाहलमा उक्त कार्यक्रम गरिनेछ ।
पत्रकार भेटघाटमा बोल्दै ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष चेतकान्त भट्टराईले अधिवेशन तथा साधरण सभाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।
उनले केन्द्रको स्थापना दिवसका अवसरमा यसअघि भदौ १५ गते आयोजना गरिएको विभिन्न कार्यक्रमका विजेता, केन्द्रले स्थापना गरेको पुरुस्कार तथा सम्मान सो कार्यक्रममा प्रदान गरिने बताए ।
केन्द्रको हालसम्म ७ सय ३३ जना आजिवन सदस्य रहेको बताउँदै अध्यक्ष भट्टराईले भने–‘केन्द्रको आजिवन सदस्यहरु मध्य केही स्थानीय तहदेखि संघसम्मको नेतृत्वमा पुगेकाछन्, अन्य विभिन्न ओहोदामा छन् तर उहाँहरुले केन्द्रको समुचित विकासका लागि बजेट तथा कार्यक्रम समेत छुट्यानन् ।’
हामीले उहाँहरुलाई पटक–पटक ध्यानाकर्षण गरायौं यद्यपी उहाँहरुबाट प्रतिबद्धता बाहेक अरु केही नभएको अध्यक्ष भट्टराईको गुनासो छ ।
हालैमात्र १८ औं पुस्तकालय दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरकै उत्कृष्ट पुस्तकालयको रुपमा ज्ञानोदय पुस्तकालयलाई सम्मान गर्दा कोहलपुरसंगै बाँकेको पहिचान देशभर स्थापित गर्न सफल भएको अध्यक्ष भट्टराईले बताए । उनले सोही अवसरमा रत्न पुस्तकालय बानेश्वर, काठमाण्डौले सुरेन्द्र ढकाल फाउण्डेशनको आर्थिक सहयोगमा महाकवि देवकोटा पुस्तकालय पुरस्कार नगद ५० हजार सहित सम्मानित भएको बताए । उनले ज्ञानोदयलाई सम्मान गर्ने दुवै नियकालाई धन्यबाद समेत दिए ।
ज्ञानोदयले सुरुवात गरेको खुला रामाण वाचन हाल देशका अन्य पुस्तकालयले पनि सुरुवात गरेको भन्दै अध्यक्षले आफ्नो नेतृत्वमा पुस्तकालयको समग्र विकाससंगै कोहलपुरको छुट्टै पहिचान स्थापित गर्न आफ्नो टिमले कडा परिश्रम गरेको बताए ।
केन्द्रको स्थापना दिवसका अवसरमा आयोजित खुल्ला रामायण वाचन, हस्त लेखन, निवन्ध लेखन, नियमित पाठक, पुस्तक दाता, एसईईमा बाँके प्रथम तथा स्वर्गीय हरिप्रसाद पौडेल स्मृतीको पुरुस्कार साधरण सभामा प्रदान गरिनेछ ।
यसअघि केन्द्रले आफ्नो स्थापना दिवसका अवसरमा भदौ १५ गते प्रभातफेरी गरि बृहत्त रक्तदान समेत गरेको केन्द्रका सचिव एकराज शर्माले बताए । उक्त पत्रकार भेटघाटमा नेपालगन्ज र कोहलपुर क्षेत्रका एक दर्जन बढी पत्रकारको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *