मेची महाकाली बुहारी संयुक्त आवाज बाँकेले आफ्नो स्थापना दिवसको अवसरमा बाल आश्रमका बाल बालिका लाई खाद्यान्न सहयोग गरेको छ ।
संस्थाको छैठौ स्थापना दिवको अवसरमा राप्ती सोनारी ५ मा रहेको जय बागेश्वरी असहाय बाल आश्रमका बाल बालिकाका लागी २० हजार बराबरको खाद्यान्न सहयोग गरेको संस्थाकी अध्यक्ष उर्मिला अधिकारीले जानकारी दिनु भयो । संस्थाले २० हजार बराबरको चामल , तेल , दाल , आलु लगायतका सामाग्री बितरण गरेको हो ।

कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाज बाँकेकी अध्यक्ष अधिकारी ,उपाध्यक्ष रमा कुमारी के सि , सचिव प्रमिला शाही, सह सचिव मिना थापा, प्रेस सल्लाहकार उषा कुमारी उपाध्याय , कार्यसमिति सदस्यहरू नारायणी घिमिरे , सर्मिला मल्ल , कौशिला बस्नेत , सरस्वती लामिछाने लगायतको सहभागिता रहेको थियो । अनाथ बाल बालिकाको लागी बाल आश्रम मै पुगेर खाद्यान्न सहयोग गरेको प्रति आश्रम सञ्चालक तारा वलीले सहयोग गर्ने संस्था र नेतृत्व लाई आभार व्यक्त गर्नुभयो ।
मेची महाकाली बुहारी संयुक्त आवाजले स्थापना काल देखी अभिभावक विहीन भएका बालबालिका हिंसामा परेका महिलाहरू लागि काम गर्दै आएको छ । संस्थाले कोराना काल , भुकम्प लगायत हरेक विपतका समयम मानवीय सहायता तथा हिंसा परेका महिलाहरूका लागी कानुनी साहयता समेत गर्दै आएको प्रेस सल्लाहकार उषा उपाध्यायले जानकारी दिनुभयो ।














Leave a Reply