जेनजी आन्दोलनका क्रममा आगजनी र लुटपाट बाट ध्वस्त भएको कोहलपुर नगरपालिका लाई कोहलपुर क्षेत्रका संस्थागत विद्यालयहरूले ६ लाख बढिको विद्युतीय सामाग्रीहरू सहयोग गरेका छन ।
प्याब्सनको संयोजनमा कोहलपुर क्षेत्रमा रहेका विद्यालयहरूले आन्दोलनका कारण सेवा प्रभावित भै जनताको दैनिक कार्यमा असहज भएको अवस्थालाई मध्यनजर गर्दै ल्याबटप ३ थान , फोटोकपी मेसिन प्रिन्टर ४ थान, डेक्सटप कम्प्युटर १ सेट , ७५ इन्चीको मनिटर २ थान गरि ६ लाख ६० हजार ३ सय बराबर को सामाग्री हस्तान्तरण गरिएको हो ।

उक्त सहयोग रकम कोहलपुर १० मा रहेको जीवन ज्योति विद्यालय बाट ३ लाख ८० हजार बराबरको १ थान डेक्सटप कम्युप्टर , १ थान फोटोकपी मेसिन , २ थान ७५ इन्चीको मनिटर , त्यसै गरि गोरखा युनाइटेड ७२ हजार ९ सय , बागेश्वरी एकेडेमी बाट ६३ हजार ५ सय र अन्य विद्यालयहरू बाट गरि जम्मा ६ लाख ६० हजार ३ सय बराबरको सामाग्री हस्तान्तरण गरिएको प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले जानकारी दिए । उनका अनुसार यस क्षेत्रका २८ विद्यालय बाट उक्त सहयोग रकम र सामाग्री सङ्कलन गरिएको हो । ।
प्याब्सन बाँकेका नि वर्तमान जिल्ला अध्यक्ष यम रावतले जनताको दैनिक काम सञ्चालन गर्न समेत समस्या परिरहेको अवस्थामा स्थानीय सरकार लाई सहयोग गरिएको बताए ।

जीवन ज्योति विद्यालयका प्रिन्सिपल फादर जोमन जेम्सले कोहलपुर नगरपालिकाले सहयोगका लागी सार्वजनिक आव्हान गरे बमोजिम आफूहरूले विद्यालयको तर्फ बाट झण्डै ४ लाख बारबारको सामान हस्तान्तरण गरिएको बताए । उनले कोहलपुर नगरपालिका बाहेक कोहलपुर वडा नं ११ लाई पनि ६० हजार बराबरको १ थान ल्याबटप समेत सहयोग गरेको जानकारी दिए ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी तत्काल समस्यामा रहेको स्थानीय सरकार लाई संस्थागत विद्यालयहरूको सहयोगले जनताको सेवा प्रवाहमा सहजता ल्याउने बताए । उनले आन्दोलनका नाममा भएको आगजनी र लुटपाट बाट नगरपालिका पूर्ण रुपमा ध्वस्त भएको बताउँदै सेवा सुचारु गर्न हम्मे हम्मे परेको बताए । उनले संयोजन गर्ने प्याब्सन र सहयोगी विद्यालयहरू लाई धन्यवाद दिए ।














Leave a Reply