Advertisement

टेलिकमको सिम कार्ड – ई रिचार्ज कार्ड विक्री सम्झौतामा अनियमितको गन्ध , इ-सेवा खल्ती नमस्ते पे लाई मात्र दिइने

नेपाल टेलिकमको सिम कार्ड ई रिचार्ज कार्ड बिक्री सम्झौतामा अनियमितको आशङ्का  गरिएको छ । हालै इ सेवा, खल्ती , नमस्ते पे  गरि ३ वटा कम्पनी लाई मात्रै मिलेमतो गरि जिम्मेवारी दिइएको छ । 

नेपाल टेलिकम का ११ औं तहका निर्देशक डिल्ली अधिकारी, र इन्दल यादव आठौँ र नबौँ तहका व्यापार हेर्ने अजय कडेल र प्रकाश सिग्देल द्वारा डिलरहरूलाई सिम कार्ड  बिक्री बापत केही रकम मागेको तर डिलरहरूले त्यसको प्रतिकार गरे पछि सम्झौता रहेको कुरा अपव्याख्या गरि ३ वटा कम्पनी  इ सेवा  खल्ती र नमस्ते पे मात्रै सिम कार्ड इ रिचार्ज वितरण गर्ने गरि ठूलो रकम लिएको खुलेको छ। 

अधिराज्य भरि रहेका डिलर लाई काम गर्ने वातावरण असहज बनेको बताएका छन । जसका कारण १ महिना यता नेपाल अधिराज्य भरिको डिलर ले रिचार्ज कार्ड ,सिम बेच्न सकेका छैनन्  ।  यसरी नेपाल टेलिकम लाई डुबाउने खेलमा कर्मचारीहरू नै लागेका छन । सिम र रिचार्ज कार्ड बिक्री कमिसनमा एनसेलले २ प्रतिशत दिएकोमा भ्रष्ट कर्मचारीहरूले नेपाल टेलिकममा कमिसन ४. ५ प्रतिशत पुर्‍याएर दैनिक ५० औ लाख घाटा पुर्याएको छ । यसरी टेलिकम डुबाउने कर्मचारीहरू डिल्ली अधिकारी एमाले कोटा वाट एम . डी हुँदा इ सेवा कमिसन ठुलो मात्रा बढाएको हो ।  अधिकारीको कमिसनको खेलमा  कर्मचारीहरू अजय कडेल , इन्दल यादव ,डिल्ली अधिकारी , प्रकाश सिग्देल संलग्नता रहेको बताईएको छ । 
रिचार्ज कार्ड र सिम कार्ड बिक्रीमा कमिसन अनिवार्य रहेपनि नेपाल सरकार को नियम अनुसार कमिसन रिलिज नगरी च्यानल बाहिर वाट र नमस्ते पे को खोल  ओडेर इ सेवा र खल्तीबाट एमाले निकट जसका मालिक असगर अलि र चन्द्र ढकाल लाई प्रत्यक्ष फाइदा पुग्ने गरि निर्णय गरिएको डिलर  कम्पनीहरूको दाबी छ । डिल्ली अधिकारी  एमडी हुँदा पहिला देखि नै थुप्रै फाइल अख्तियार मा छन् । डिलरहरू लाई कमजोर बनाई टेलिकम डुबाउने खेल बाट बचाउन र टेलिकम को विकास गर्न डिलर कम्पनीहरूको माग छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *