जीवन ज्योति विद्यालय कोहलपुर १० ले कक्षा २ र ३ मा अध्ययनरत विद्यार्थीहरूको अभिभावक दिवको अवसरमा बिभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरेको छ । शनिवार अभिभावक , विद्यार्थी , विद्यालय लाई सहयोग गर्ने दातृ निकायका प्रतिनिधिको सहभागितामा भएको कार्यक्रममा विद्यार्थीहरूले २ दर्जन बढि बिभिन्न भाषा, संस्कृति, जात , जाती , भाषा ,भाषिका नृत्य तथा सचेतना मूलक नाटकहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै विद्यालयको सहयोगी संस्था लायन्स टु नेपालका ग्यारी गोड्याडले विद्यार्थीहरूको समग्र विकासको अवस्था देखेर आफू निकै खुसी भएको बताए । उनले सबै खाले बाल बालिका लाई गुणस्तरीय शिक्षाका लागी आफूहरूले सपोर्ट गर्दै आएको जानकारी दिए । शिक्षाले बाल बालीकामा पाठ्यक्रम बाहिरका अन्तरनिहित क्षमताको विकास गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल फादर जोमन जेम्सले अभिभावक , शिक्षक र विद्यार्थी सबैको मेहनत विद्यालय अब्बल बन्दै गएको बताए । स्थापनाको १२ वर्षको अवधिमा यस क्षेत्रकै नमुना विद्यालय बनेको उनको भनाई थियो ।
उनले बाल बालिकामा सृजनात्मक बनाउनका लागी बढि भन्दा बढि अतिरिक्त कृयाकलापमा जोड दिएको बताए । उनले विद्यार्थी प्रतिभा बाहिर ल्याउन २ / २ वटा कक्षाको अभिभावक दिवस मनाउने र त्यसमा विद्यार्थीका धेरै भन्दा धेरै विद्यार्थी लाई सहभागी गराउने गरेको जानकारी दिए । उनले मोबाइल फोन खेलाउनु एक प्रकारको दुव्यर्सन भएको भन्दै ८ कक्षा भन्दा तलका विद्यार्थी लाई मोबाइल नदिन अभिभावक लाई आग्रह गरे । कार्यक्रममा अभिभावक सङ्घका फुलाराम थारू , चण्डी प्रसाद गैरे लगायतको सहभागिता रहेको थियो ।

















Leave a Reply