Advertisement

जुझारु नेता विश्वकर्मा द्धारा एमाले परित्याग , नवगठित नेपाली कम्युनिष्ट पाटीमा समाहित

बाँकेका जुझारु युवा नेता पुजन विश्वकर्मा नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन । बुधवार काठमाण्डौमा आयोजित नेपाली कम्युनिष्ट पाटीको घोषणा कार्यक्रममा नेता पुजन विश्वकर्मा पार्टीमा समाहित भएको घोषण गर्नु भएको हो । लामो समय कम्युनिष्ट आन्दोलनमा क्रियाशील विश्वकर्मा तत्कालीन नेकपा माओवादीमा सुरु गरेको जनयुद्धमा सहभागी रही पछिल्लो समय नेकपा एमालेमा आवद्ध थिए ।

नेकपा एमालेको भेरी अञ्चल कमिटी सदस्य, २ पटक एमालेको विधान महाअधिवेसन आयोजक समिति सदस्य , एमाले दशौँ महाअधिवेसन आयोजक समिति सदस्य थिए । १० वाम घटकको एकताले देसलाई राजनैतिक निकास दिने ठानेर आफू नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको उनले बताए ।

समृद्ध पार्टी बनाउनु बाहेक आफ्नो कुनै स्वार्थ नरहेको विश्वकर्मा भनाई छ । बामपन्थी प्रगतिशील शक्ति बिच एकता र धुव्रिकरण आवश्यक रहेको भन्दै सबै लाई नेपाली कम्युनिष्ट पार्टीमा एकता र धुव्रिकरणमा आउन उनले अपिल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *