चिसो मौसम सँगै सुरु भए सँगै माछाको व्यापार बढ्ने गरेको छ । अन्य मासुजन्य बस्तुको तुलनामा माछाको व्यापार अत्याधिक बढ्ने गरेको मत्स्य व्यवसायीहरू बताउँछन । बिरामी तथा अन्य मानिसहरूका लागी पनि निकै फाइदा जनक रहेकाले पनि खसी , कुखुरा वा अन्य मासुको तुलनमा माछा नै खाने गर्दछन् । यसमा थपिएको छ बाँके बैजनाथ गाउँपालिका वडा नं ५ जि गाँउ बन खेतमा रहेको माछा पोखरी । उक्त स्थानमा रहेको १० बिगाहा क्षेत्रफलमा रहेको पोखरीमा कृषक कुमार कटुवालले व्यवसयीक माछा पालन सुरु गरे सँगै माछा पारखीहरूको नयाँ गन्तव्य बनेको हो । कटुवालले उक्त स्थानमा थुमदिङ्ला एग्रो फरेस्ट्री प्रा. लि मार्फत माछा पालन , जिउँदो तथा पकाएर बिक्री बितरण सुरु गरे सँगै माछा पारखीहरू दैनिक जसो उक्त स्थानमा आउने गरेको हुन । उनले जिउँदो माछा तथा पकाएर समेत बिक्री गरेपछि दैनिक आर्कषण बढ्दै गएको बताए । कटुवालले मत्स्य पालनका लागि करोडौँ लगानी गरे पनि राज्यले भने आफूलाई कुनै सहयोग नगरेको गुनासो गरे । प्रभात मावि जी गाँउको १२ बिगाहा जग्गा भाडामा लिएर मत्स्य पालन गरेका कृषक कुमार कटवालले ८ वटा पोखरीमा ३० हजार माछा पालन गरिरहेको बताए । उनले १० वर्ष देखि माछा पालन गर्दै आएको भएपनि अहिले फर्म स्टे का रुपमा सोही स्थानमा उत्पादन गरेको माछा पकाएर समेत दिने गरेपछि ग्राहक बढ्दै गएको बताए । उनले प्रचार प्रसारको अभावमा बजारको अनुभुति भएपनि पछिल्लो समय व्यवसायले गति लिएको बताए ।
उनले उक्त स्थानमा रोहु , नैनी, ग्रास , विगेहट ,सिल्भर , रूपचन्द्र , प्रजातिका माछाहरू पालन तथा बिक्री गर्दै आएको जानकारी दिए । नेपालगञ्ज र कोहलपुर बाट नजिकै भएकाले स्थानिय लाई ताजा माछा का लागि सम्पर्क गर्न कटवाल ले आग्रह गरे । थुमदिङ्ला एग्रो फरेस्ट्री प्रा लि का अध्यक्ष कुमार कटवालले ताजा माछा खुद्रा प्रतिकिलो ३ सय ५० र थोकमा रु ३ सय प्रति केजी बिक्री भइरहेको जानकारी दिए । उनले किलोका हिसाबले माछा किनेर पकाएर खाने व्यवस्था समेत रहेको बताए ।
उनले बाँकेको नेपालगञ्ज ,कोहलपुर बाट हजारौँको सङ्ख्यामा बर्दियाको बढैयाताल माछा पारखी पुग्ने गरेको भन्दै अझ बाँकेको स्वादमा माछा पोलेर ,तारेर र पकाएर खाने व्यवस्था भएको भन्दै माछा खान र खरिद गर्न परे आउन आव्हान गरे ।
कृषक कुमार कटवालले बैक ब्याज फेरबदल भइरहनाले कृषकहरू मारमा परेको बताउनु भयो । उहाँले ५ करोड बढी लगानीमा मत्स्य पालन गरे तापनि राज्य, प्रदेश र स्थानीय सरकार बेखबर बसिदिनाले आफूहरू दुखी भएको गुनासो गरे ।
बैजनाथ गाउँपालिका वडा नं ५ का अध्यक्ष देव बहादुर रावतले बाँकेका स्थानीय , पाहुना ,बनभोज, विविध पार्टीहरूका लागि प्राकृतिक सुन्दरताले भरिएको थुमदिङ्गला एग्रो फरेस्ट्री स्याउली बजार अत्यन्त मनोरम र उपयुक्त स्थान भएको बताए । उनले यसको बजारीकरणका लागी स्थानीय सरकारले सहयोग गर्दै आएको समेत बताए ।
माछाका परिकार खानुको फाइदाहरू
मत्स्य प्रोटिन अन्य प्रोटिनको तुलनामा अधिक पाचन योग्य तथा एमिनो एसिडको मात्रा मानव शरीरलाई आवश्यक अनुपातमा रहेको हुँदा यसको पूर्ण उपयोग हुने गर्दछ, साथै माछामा ओमेगा ३, फ्याट्टी एसिड अधिक मात्रामा उपलव्ध हुने भएको हुँदा यसलाई स्वस्थकर मासुको रुपमा चिकित्सकहरुद्वारा प्रमाणित गरिएको छ । यसैकारणले गर्दा प्रेशर, कोलेस्ट्रोल, मुटुका विरामीहरुले समेत यसको सेवन गर्न सक्दछन् । खासगरी गर्भावस्थामा माछाको अधिक सेवन गर्दा शिशुको बुद्धि तिक्ष्ण हुनुका साथै स्वस्थ तथा निरोगी हुन्छ तथा यसको नियमित सेवनले बिभिन्न रोगहरुबाट वचावट गर्नका साथै तिक्ष्ण बुद्धि बनाउन एवं बृद्धावस्थामा भुल्ने लक्षणबाट समेत बचाई मानसिक एवं शारिरीक रुपले स्वस्थ जनशक्ति निर्माणमा महत्वपुर्ण भुमिका निर्बाह गर्दछ, फलस्वरुप माछाको माग नेपाल लगायतका मुलुकहरुमा बढ्दै गई रहेको छ ।













Leave a Reply