Advertisement

नेपाली कम्युनिष्ट पाटीका पक्षमा पूर्व माओवादी केन्द्र बाँके एकमत 

नेपाली कम्युनिष्ट पार्टीका पक्षमा पूर्व नेकपा माओवादी केन्द्र बाँके एक मत देखिएको छ । मङ्गलवार नेपालगञ्जमा भएको पूर्व नेकपा माओवादी केन्द्र बाँकेको बैठकमा पछिल्लो पटक भएको बाम पार्टीहरूको एकता लाई स्वागत गर्दै एकताका पक्षमा दह्रो सँग उभिने निर्णय भएको जिल्ला अध्यक्ष नरेन्द्र पाण्डे जेम्सले जानकारी दिए । 
उनका अनुसार पार्टी एकताको खवरले आम नेता कार्यकर्तामा नयाँ रक्त सन्चार भएको र नेपाली कम्युनिष्ट पार्टीका पक्षमा एकमत देखिएको जानकारी दिए । उनले एकता प्रक्रिया चली रहेको र अझै केही पार्टी एकता प्रक्रियामा आउन बाँके रहेका जिल्लाको संरचना बन्न केही समय लाग्ने जानकारी दिदैँ आफूहरूले फागुन २१ को चुनाव लाई लक्षित गर्दै मतदाता नामावली सङ्कलन लाई सहजीकरण गर्ने लगायतका निर्णय गरिएको जानकारी दिए । 
बैठकमा पार्टी नेताहरू पूर्ण कुमारी सुवेदी , आई पि खरेल , उषा पुन , नरेन्द्र न्यौपाने , अन्जना थारू , अकल बहादुर वम , प्रकास सुबेदी ,डम्बर बिक (तुफान) लगायत ८ ओटै पालिकाका अध्यक्ष तथा पदाधिकारी , जनवर्गीय सङ्गठनका नेताहरूको सहभागिता रहेको थियो । 
साथै बैठकमा हालै नेकपा एमाले परित्याग गरि नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुनु भएका बाँकेका जुझारु युवा नेता तथा तथा नेपाली कम्युनिष्ट पाटीका केन्द्रीय आयोजक समिति सदस्य पुजन विश्वकर्मा खादा ओढाएर सम्मान गरिएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *