काठमाडौँ / उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको मिसिल झिकाउने आदेश गरेको छ।
अदालतका न्यायाधीशद्वय ओमप्रसाद अर्याल र वासुदेव आचार्यको संयुक्त इजलासले थप प्रमाण बुझ्नुपर्ने भन्दै सर्वोच्च अदालतबाट सक्कल मिसिल झिकाउन आदेश भएको हो।यसअघि यही कात्तिक २० को आदेशमा भने सुरुको मिसिल झिकाउने आदेश भएको थियो। अहिले बाँकी मिसिल मगाएको अदालत प्रशासनले थाहाखबरलाई जानकारी दिएको छ। सहकारी ठगीमा उनीहरु अहिले प्रपक्षका लागि कारागारमा छन्।
बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ।उनीहरूले बिगो बराबरको बैंक जमानतमा रिहा गर्न माग गर्दै दिएको निवेदनमा अहिले सुनुवाइ भइरहेको हो।













Leave a Reply