Advertisement

‘देउवालाई सभापति बनाउनु नै ठूलो गल्ती’

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बनाएर ठूलो गल्ती गरेको बताएका छन् । केन्द्रीय समितिको आजको बैठकमा उनले शेखर कोइरालालाई सभापति बनाउन नसकेकोमा पश्चाताप लागेको उल्लेख गरे ।

आफूले २०६८ सालदेखि नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको आवाज उठाए पनि अहिलेसम्म लागू हुन नसकेको थापाको भनाई छ । ‘म १३ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार थिएँ, १४औँ मा पनि भएँ, त्यतिबेला शेखर कोइरालालाई सभापतिमा मत मागेकै हो’, उनले भने, ‘शेरबहादुर देउवालाई सभापति बन्न दिनु नै ठूलो गल्ती भयो भन्ने अहिले लाग्छ, युवा नेताहरूको बाहुल्यता गराउनुपर्छ भन्दै बोल्दै र लेख्दै आए, तर १४ औँ महाधिवेशनमा उहाँकै महामन्त्री बन्नु ठुलो गल्ती भयो ।’

पूर्वमन्त्री समेत रहेका थापाले जेन जी विध्वंशपछि पार्टीको धरातल र भविष्यबारे राम्रो चिन्तन गरिरहेको पनि बताए । ‘यो बीचमा केही गलत भयो कि भन्ने लाग्छ, जसलाई फेर्नुपर्छ भनियो, त्यसैसँग महामन्त्री बन्नुपर्यो, मैले पार्टीका विकृति भत्काउन जति गर्नु पथ्र्यो, त्यति गर्न सकिनँ’, थापाको स्वीकारोक्ति छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *