Advertisement

नेपाली कम्युनिष्ट पार्टी एउटै कम्युनिष्ट केन्द्र निर्माणको महाअभियान हो :नेता ज्वाला 

नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व मन्त्री प्रकाश ज्वालाले नेपाली कम्युनिष्ट पार्टी एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्ने महा अभियान भएको बताएका छन । टुट र फुट बाट कमजोर बनेको कम्युनिष्ट आन्दोलन लाई एकत्रित गर्ने एक मात्र उद्देश्यले महा अभियान सुरुवात गरिएको बताए । कुनै पद प्राप्त गर्ने उद्देश्य भन्दा पनि कम्युनिष्ट आन्दोलन लाई एक बनाउन सबैले त्याग गर्ने भावना बाट पार्टी एकता अभियान सुरुवात गरिएको उनको भनाई थियो ।

सल्यान बाट काठमाण्डौ जाने क्रममा आइतबार कोहलपुर –११ स्थित सहिद स्मृति भवनमा आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै नेता ज्वालाले प्रचण्डको नेतृत्वमा फराकिलो मन बनाएर एकता अभियान अगाडि बढिरहेको बताउँदै चुनाव सम्म जादा यसले विशाल रूप लिने बताए । उनले केपी वलीको खराब प्रवृत्तिले नेपाली बाम आन्दोलन लाई ठुलो क्षति पुगेको बताए ।

नेता ज्वालाले नेपाली कम्युनिस्ट पार्टीलाई नेपालको माटो, हावापानी र अपनत्व अनुरूप मूल प्रवाहको पार्टीका रूपमा नामकरण गरिएको उल्लेख गर्दै अबको राजनीतिक विकल्प यही पार्टी हुने दाबी गरे। उनले कार्यकर्तालाई नाम र चुनाव चिन्हप्रति कुनै भ्रममा नपर्न आग्रह गर्दै, रातो पाँच –कुने तारा कम्युनिस्टहरूको मूल पहिचान र गौरव भएको बताए । उनले पूर्ण संकल्प सहित एकताबद्ध भएर एउटै ध्येयसहित अघि बढ्नुपर्नेमा जोड दिँदै अब विश्वका अन्य कम्युनिस्ट पार्टीहरू जस्तै—चिनियाँ कम्युनिस्ट पार्टी, भारतीय कम्युनिस्ट पार्टी —नेपालमा पनि ‘नेपाली कम्युनिस्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता भइसकेकाले सबै सच्चा कम्युनिस्टहरू यही छातामुनि एकजुट हुनु अपिल गरे ।

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेताहरू नरेन्द्र न्यौपाने, अब्दुल हुँसेन खान, नरेन्द्र पाण्डे ‘जेम्स’ लगायत नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा न्यौपाने र खानले शुभकामना व्यक्त गर्दै एकताको आवश्यकतामा जोड दिएका दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *