Advertisement

नेकपाको लुम्बिनी प्रदेश स्तरीय एकता सन्देश सभा मंसिर १३ मा देउखुरीमा

नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी १२ मंसिरदेखि सातै प्रदेशमा एकता सन्देश सभा आयोजना गर्ने भएको छ ।

सोमबार जारी विज्ञप्ति अनुसार नेकपाले १२ मंसिरमा सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश स्तरीय एकता सन्देश सभा हुनेछ ।

यसैगरी १३ मंसिरमा लुम्बिनी प्रदेशको दाङ देउखुरीमा, १४ मंसिरमा गण्डकी प्रदेशको पोखरामा, १५ मंसिरमा कोशी प्रदेशको विराटनगरमा सभा आयोजना हुनेछ ।

यसैगरी १७ मंसिरमा उपत्यका विशेष प्रदेश अन्तर्गत काठमाडौंमा, १८ मंसिरमा कर्णाली प्रदेशको सुर्खेतमा, १९ मंसिरमा संघीय समन्वय प्रदेश अन्तर्गत काठमाडौंमा, २० मंसिरमा मधेश प्रदेशको जनकपुरमा, २१ मंसिरमा प्रवास प्रदेशहरूको संयुक्त भर्चुअल कार्यक्रम आयोजना हुनेछ ।

यसैगरी २३ मंसिरमा बागमती प्रदेश अन्तर्गत हेटौंडामा, २६ मंसिरमा प्रदेश कार्यालयहरूको निर्णयअनुसार सबै जिल्लाहरूमा एकता सभा आयोजना हुने नेकपाले जनाएको छ ।

एकता सन्देश सभाका कार्यक्रमहरूको आयोजना र व्यवस्थापन सम्बन्धित तहका कार्यालयहरूले गर्ने नेकपाले जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

Leave a Reply

Your email address will not be published. Required fields are marked *