Advertisement

झरना जल उद्योग द्धारा टालिएका जारमा खानेपानी बिक्री

कोहलपुर नगरपालिका –१० रामनगर, बाँकेस्थित झरना जल उद्योगको नाममा बजारमा वितरण भइरहेको खानेपानीका जारहरू अत्यन्तै जोखिमपूर्ण अवस्थामा फेला परेका छन्। कोहलपुरका विभिन्न स्थानमा रहेका पसलहरूमा पुग्दा कुचिएका, फुटेका तथा चुइगमदेखि अन्य सेतो टाल्ने वस्तुले टालिएका जारहरूमा पानी बिक्री –वितरण भइरहेको देखिएको हो। 

शुद्ध खानेपानी जस्तो संवेदनशील वस्तुमा यस्तो गम्भीर लापरवाही हुनु उपभोक्ताको स्वास्थ्यका लागि प्रत्यक्ष खतरा बनेको स्थानीयहरूको भनाइ छ। फुटेका तथा टालिएका जारहरूबाट पानी चुहिने, बाहिरी फोहोर तथा जीवाणु मिसिन सक्ने उच्च सम्भावना रहन्छ, जसले दीर्घकालीन रूपमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ। यसरी क्षतिग्रस्त जारहरूमा पानी भरेर बिक्री गर्नु प्रचलित नियम, मापदण्ड तथा उपभोक्ता हितको स्पष्ट उल्लङ्घन हो। 

तर पनि यस्ता जारहरू खुलेआम बजारमा देखिनु र बिक्री भइरहनु सम्बन्धित निकायको अनुगमन कमजोर भएको सकेत मानिएको छ। यस विषयमा सम्बन्धित नियमनकारी निकायले तुरुन्त ध्यान दिई यस्ता पानी उद्योग तथा बिक्री केन्द्रमाथि कडा अनुगमन र आवश्यक कारबाही गर्नुपर्ने माग गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *