Advertisement

विद्यार्थीहरूको आत्म विश्वास बढाउनु पर्नेमा मेयर आचार्यको जोड 

कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले असल नागरिक निर्माणका लागी विद्यार्थीहरूको आत्मबल बढाउनु पर्नेमा जोड दिएका छन । कोहलपुर नगरपालिका वडा नं १० मा रहेको जीवन ज्योति विद्यालयमा नर्सरी र यूकेजीकी विद्यार्थीहरूको अभिभावक भेला तथा क्रिसमसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले विद्यार्थीहरूमा आत्म विश्वास बढाउन सके असल नागरिक बनाउन सकिनेमा जोड दिए ।

उनले कक्षा १ सम्मका विद्यार्थीहरू लाई गृहकार्य दिन नहुने र अतिरिक्त कृयाकलापमा जोड दिनु पर्ने बताए । उनले जीवन ज्योति विद्यालय बाँके जिल्लामा नमुना विद्यालय भएको बताउँदै विद्यार्थीहरूको अन्तरनिहित क्षमता बाहिर ल्याउने गरि शिक्षण सिकाइ गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल फादर जोमन जेम्सले विद्यालयले फरक तवरले शिक्षण सिकाइ लाई प्रभावकारी बनाउन लागी परेको बताए । उनले विद्यालयले विद्यार्थीका सबै खाले प्रतिभा र क्षमता बाहिर ल्याउने  समेत बताए ।

कार्यक्रममा विद्यार्थीहरूले बिभिन्न जात जाती भाषा भाषीका ३ दर्जन बढि संस्कृतिका प्रस्तुतिहरू प्रस्तुत गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *