Advertisement

कोहलपुरमा चौथो वडा अध्यक्ष फुटबल कप २०८२ सुरु 

चौथो वडा अध्यक्ष फुटबल कप २०८२ बिहीवार देखी कोहलपुरमा सुरु भएको छ । कोहलपुर नगरपालिका भित्रका १३ वट वडा सहभागी भएको प्रतियोगिता कोहलपुर नगरपालिका वडा नं १ मा रहेको कृष्ण माध्यामिक विद्यालयमा सञ्चालन भई रहेको छ । कोहलपुर नगरपालिका वडा नं १  र एभरेष्ट युथ स्पोर्ट्स क्लबले सञ्चालन र व्यवस्थापन गरि रहेको छ । बिहिबारदेखि कोहलपुर नगरपालिका वडा नं. १ मा सुरुभएको चौथो वडा अध्यक्ष कपको पहिलो खेल आयोजक वडा नं. १ ले जितेको छ ।

एभरेष्ट युथ स्पोर्ट्स क्लबको आयोजनामा भएको पहिलो खेलमा वडा नं. १ ले वडा नं. ६ लाई २ –० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । वडा नं. १ का लागि दुबै गोल क्षितिज थापामगरले गरेका थिए । खेलको उद्‌घाटन कोहलपुर वडा नं। १ का वडा अध्यक्ष बद्रिप्रसाद जैसी र आयोजक क्लबका अध्यक्ष सुमन पौडेलले रेफ्रीलाई बल हस्तान्तरण गरेर गरेका थिए । चौथो वडा अध्यक्ष कपको उद्‌घाटन गर्दै वडा अध्यक्ष बद्रिप्रसाद जैसीले वडाको युवा क्लबको तत्परतामा भएको प्रतियोगिताले युवाहरूलाई खेलकुदका माध्यमबाट एकतावद्ध गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उद्‌घाटन सत्रलाई सम्बोधन गर्दै पूर्व फुटबल खेलाडीसमेत रहेका कोहलपुर नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र चिमाला क्षेत्री प्रतियोगिता आयोजना गरेकोमा प्रशंसा गर्दै फुटबल खेल विकासका लागि गरिने क्रियाकलापमा सहयोग गर्ने प्रतिवद्धतासमेत गरे । कोहलपुर नगरपालिका  अन्तरगत १३ वटा वडा हरूको सहभागिता रहेको प्रतियोगिता  अन्तरगत शुक्रबार तीन वटा खेलहरू हुने आयोजक एभरेष्ट युथ स्पोर्ट्स क्लबका सचिव सरोज केसीले जानकारी दिएका छन् । नक  आउट प्रणालीबाट भइरहेको प्रतियोगितामा शुक्रबार वडा नं. ३ र २ विकास नगर, वडा नं. ८ र १४ र वडा नं. १२ र १५ बिच प्रतिस्पर्धा हुनेसमेत सचिव केसीले जानकारी दिए । क्लबले प्रतियोगितासँगै कौशिला नगर गाउँमा स्वागतद्वार निर्माण गर्ने योजना पनि अघि बढाइएको जानकारी दिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *