नेपाली कम्युनिष्ट पार्टी बाँकेले आगामी फागुन २१ गते हुने निर्वाचनका लागी प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरू सिफारिस गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले पौष ११ गते भित्र उम्मेदवार सिफारिस गर्न सर्कुलर गरेको थियो । सोही अनुसार उम्मेदवार सिफारिस गरिएको सो पार्टीले जनाएको छ ।सिफारिस गरिएका आधिकांश उम्मेदवारहरू नयाँ अनुहार भएको र नयाँ अनुहार लाई चुनावमा आगाडि सार्ने तयारीमा नेकपा रहेको एक नेताले जानकारी दिए ।
जस अन्तरगत बाँके क्षेत्र नं १ मा महेश्वर जङ्ग गहतराज अथक , अब्दुल हुसेन खाँ , नरेन्द्र पाण्डे जेम्स , तुलाराज बिष्ट , नारायण लम्साल , पुजन विश्वकर्मा र अवराज खड्का रहेका छन । अथक बाहेक अन्य नयाँ अनुहार हुन । अथक २०६४ मा समानुपातिक उम्मेदवार , २०७० , २०७४ र २०७९ मा मा प्रत्यक्ष तर्फ तत्कालीन नेकपा माओवादीका तर्फबाट उम्मेदवार बनि सकेका पात्र हुन । २०७० र २०७९ मा पराजित उनी २०७४ मा एमाले सँगको गठबन्धनमा बिजयी उम्मेदवार हुन । अन्य उम्मेदवारहरू अब्दुल हुसेन खाँ , नरेन्द्र पाण्डे जेम्स , तुलाराज बिष्ट , नारायण लम्साल , पुजन विश्वकर्मा र अवराज खड्का युवा एवं जुझारु उम्मेदवार हुन । राजनैतिक तथा सामाजिक क्षेत्रमा सक्रिय युवा हुन । आम जनसमुदायले युवा , नयाँ र भिजन सहितको उम्मेदवार खोजी गरेकाले सोही अनुसार युवा र भिजन भएका युवाहरू लाई उम्मेदवार सिफारिस गरेको नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ ।
यसैगरी बाँके क्षेत्र नं २ मा युवा नेता अकल बहादुर बम , दिपेन्द्र बिष्ट , पदम अर्याल , तेज प्रसाद रेग्मी , टङ्क धामी , सकिल अहमद जयगढ , मो रियाज राई रहेका छन । बम यस अघि २०७९ मा प्रदेश सभामा उम्मेदवार बनेका थिए । भने अन्य नयाँ अनुहार हुन । बिष्ट , रेग्मी धामी र जयगढ व्यवसायका साथसाथ समाज सेवा र राजनीतिमा सक्रिय युवा उम्मेदवार हुन ।
क्षेत्र नं ३ मा इन्द्र प्रसाद खरेल आई पि , मो शेर बागवान , दीपक कुमार गौरी मगर दीपक जि.एम. , समिन ईद्रिसी , कुबेर रिजाल , टेकेन्द्र मल्ल ,मिरा कार्की , उत्तम कुमार गुप्ता ,परमानन्द बर्मा रहेका छन । आई पि खरेल प्रदेश सभा सदस्य रहि रहेका हुन भन्ने अन्य नयाँ अनुहार हुन ।
समानुपातिक तफ प्रस्तावित उमेदवारहरूमा मञ्जु कोइराला , वेद प्रसाद आचार्य , महेन्द्र राज शर्मा , रङ्ग बहादुर खड्का , करिश्मा कुमारी योगी , भगवती शाह , कान्तु गौतम , धुव्र बिक्रम वली , मञ्जु रोकाय , खड्क बिष्ट , त्रिलोचन लम्साल , दान बहादुर वली , राकेश दाहाल , शोभा आचार्य , हरिकला शर्मा , अन्जना चौधरी , उषा चौधरी , देउता थारू , ईलावती थारु , सावित्री पुन , आशमाली पुन मगर , धनपता चमारीन , मोहन लाल सोनकर , भिम बहादुर नेपाली लक्ष्मी कुमारी गुर्ताल , बिर सिह बिक , शब्बीर खाँ , कालि मिया , जामिय खातुन , फिरोज अन्सारी , मैसर अन्सारी , समसुद्धि बेहना , तिरथ राम चिडिमार शसिवल कशोधन रहेका छन ।













Leave a Reply