Advertisement

कोहलपुर महोत्सव जारी, भोलि एलिना चौहान र पशुपति शर्मा आउँदै

२० पुस, कोहलपुर । कोहलपुरमा जारी कोहलपुर महोत्सव–२०८२ को १२औँ दिन आइतबार चर्चित कलाकारहरूको आकर्षक प्रस्तुतीले महोत्सवस्थल उत्सवमय बनेको छ।

महोत्सवको सातौँ संस्करण अन्तर्गत पुस ९ गतेदेखि सुरु भएको महोत्सवको १२औँ दिन चर्चित गायक कमल खत्री, कुलेन्द्र विक, लोकदोहोरी गायिका शान्तीरानी परियार, उदयमान गायक ऋषी थापा तथा मोडल सिन्दु चन्द ठकुरीले दमदार प्रस्तुती दिएका छन ।

गायक कमल खत्रीले आफ्ना आधा दर्जनभन्दा बढी लोकप्रिय गीत प्रस्तुत गर्दै दर्शकको मन जितेका थिए । त्यस्तै, शान्तीरानी परियारको ऊर्जावान प्रस्तुतीले महोत्सवस्थललाई थप तातो बनाएको थियो । कुलेन्द्र विक र ऋषी थापाले पनि दर्शकलाई झुमाएका थिए भने मोडल सिन्दु चन्द ठकुरीको प्रस्तुतीले आकर्षण थपेको थियो ।

चिसो मौसमका बाबजुद पनि महोत्सव परिसर दर्शकले खचाखच भरिएको थियो । दर्शकको उत्साहजनक सहभागिता बढ्दै गएपछि महोत्सवको अवधि थप गरिएको आयोजकले जनाएको छ । अब महोत्सव पुस २३ गतेसम्म सञ्चालन हुनेछ ।

सोमबार आउने कलाकारहरू

महोत्सवको १३औँ दिन ९सोमबार० चर्चित लोकगायक पशुपति शर्मा, लोकप्रिय गायिका एलिना चौहान तथा मोडल यमुना भण्डारी लगायतका कलाकारहरूको प्रस्तुती रहनेछ। साथै स्थानीय कलाकारहरूको समेत प्रस्तुती रहने कला, संस्कृति तथा अतिथि सत्कार उप–समितिका संयोजक चण्डी प्रसाद गैरेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *