Advertisement

कोहलपुर महोत्सवमा एलिना र पशुपतिले मच्चाए हंगामा, भोली दुर्गेश थापा आउने

२१ पुस, कोहलपुर । कोहलपुरमा जारी कोहलपुर महोत्सवको १३औँ दिन सोमबार चर्चित गायक पशुपति शर्मा र लोकप्रिय गायिका एलिना चौहानले दमदार प्रस्तुति दिँदै दर्शकलाई मन्त्रमुग्ध पारेका छन् ।

लोकप्रिय ठट्यौली तथा ब्याङ्ग्यात्मक गीतहरूका लागि परिचित गायक पशुपति शर्माले आफ्नो विशेष शैलीमा प्रस्तुति दिँदै महोत्सव स्थललाई उत्साहले भरिदिए । “झोले त मै–झोले त तैं, लुट्न सके लुट कान्छा” जस्ता ब्याङ्ग्यात्मक गीतमा दर्शकदीर्घाबाट खुलेर साथ र तालीको वर्षा भएको थियो ।

त्यसैगरी चर्चित गायिका एलिना चौहानले पुसको चिसोलाई चुनौती दिँदै आफ्नो मधुर आवाजमार्फत माहोल तताएकी थिइन् । पछिल्लो पुस्ताकी लोकप्रिय गायिका चौहानले आफ्ना आधा दर्जनभन्दा बढी चर्चित गीत प्रस्तुत गर्दै दर्शकलाई नचाएकी थिइन् ।

कार्यक्रममा मोडल यमुना भण्डारी सहित स्थानीय कलाकारहरूले समेत आकर्षक र धमाकेदार प्रस्तुति दिएका थिए ।

यसैबीच महोत्सवलाई सफल रूपमा सञ्चालन गर्न योगदान पुर्‍याउने विभिन्न उप–समितिका संयोजक, सह–संयोजक तथा सदस्यहरूलाई कदरपत्र प्रदान गरिएको छ ।

भोलि स्टेज किङ दुर्गेश थापा आउने

महोत्सवमा भोलि चर्चित स्टेज किङ दुर्गेश थापा को विशेष प्रस्तुति रहने भएको छ । दुर्गेश थापासँगै गायिका सम्झना रनपाल, रिता केसी तथा गायक विश्वजित मल्ल ठकुरी को समेत प्रस्तुति रहने कार्यक्रम तय भएको कला, संस्कृति तथा अतिथि सत्कार उप–समितिका संयोजक चण्डी प्रसाद गैरे ले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *