Advertisement

भ्रष्टाचारले गन्हाएका कांग्रेस र एमाले बोकेर चुनावमा जाँदैनौँ : रञ्जित तामाङ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता रञ्जित तामाङले आफ्नो पार्टी सुशासन, विकास र राष्ट्रियताको एजेण्डासहित चुनावमा होमिएको बताए ।

कांग्रेस– एमाले भ्रष्टाचारमा गन्हाएकाले उनीहरुसँग गठबन्धन नहुने उनको भनाई छ । ‘अहिले बाहिर हल्ला छ, काँग्रेस, एमाले, माओवादी उस्तैउस्तै हो कि होइन रु हामीले भनेका छौं । उस्तै होइन, भ्रष्टाचारलाई संरक्षण गर्ने र १८ महिना सरकारमा बसेर भ्रष्टाचारविरुद्ध काम गर्ने पार्टी उस्तै होइन । देउवा ओली र प्रचण्ड उस्तै होइन, हामी विल्कुल फरेक हौं’, तामाङले भने, ‘भ्रष्टाचारले डुङडुङ्गी गन्हाएका मान्छे बोकेर हामी हिंड्ने छैनौं ।’

भ्रष्टाचारविरुद्ध र रोजगारी मागेर सडकमा उत्रिएका निहत्था विद्यार्थीलाई गोली हानेर हत्या गर्ने तत्कालीन सरकारमा भएका काँग्रेस–एमाले र त्यो आन्दोलनमा नैतिक समर्थन जनाएको नेपाली कम्युनिष्ट पार्टीबीचको फरक छुट्याउन तामाङले आग्रह गरे । ‘कमरेड प्रचण्डले १८ महिना सरकारमा बस्दा भ्रष्टाचारीमाथि कारबाही गरेपछि काँग्रेस र एमाले मिलेर सरकार ढालियो’, तामाङले भने, ‘जेनजी युवाहरुले त्यही सुशासनको नारा बोकेर केपी ओलीलाई रातारात सरकारबाट हटायो । त्यो आन्दोलनमा हाम्रो नैतिक समर्थन थियो ।’

तामाङले ४ पटक प्रधानमन्त्री भएर पनि झापाको विकासका लागि उल्लेख्य काम नगरेको भन्दै एमाले अध्यक्ष केपी ओलीको आलोचना गरे । ओलीले विकासका नाममा हावादारी गफ दिएर जनतालाई उल्लु बनाएको आरोप उनको थियो । ‘केपी ओली चारपटक प्रधानमन्त्री बन्नुभयो । दमकमा भ्यू टावर बनाउनुभयो । तर, हामीले पटकपटक गौरीगञ्जमा भयूटावर होइन, मोबाइलको टावर चहियो भन्दा सुन्नुभएन । पानीजहाज, रेल, हावाबाट बिजुली, घरघरमा ग्यासका पाइपाजस्ता हावादारी कुरा गरेर जनतालाई पटकपटक झुक्याउने काम भयो ।’ तामाङले सुशासन र रोजगारी माग्ने जेनजी उमेर समूहका युवालाई ताकीताकी गोली हानेर मारिएको घटनाको निर्वाचनमार्फत हिसाब गर्ने बेला आएको बताए ।

तामाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ लक्षित गर्दै राष्ट्रिय झण्डा बोकेर र ढाका टोपी लगाएर देशका लागि काम गरिरहेको वा विदेशीका लागि भन्ने प्रश्नको जवाफ व्यवहारबाट खोजिने बताए । ‘नयाँको जामा पहिर्याएर आएकाहरुले राष्ट्रिय झण्डा बोकेर विदेशीको दलाली गरिहरेका छन् कि राष्ट्रियताका लागि काम गरिरहेका छन् रु तिनीहरुले ढाकाटोपी लगाएर देशको संरक्षण गर्न खोजेका छन् कि देश बनाउँछु भनेर अरु कसैको लागि नेपाल बेच्न खोजेका छन् रु मान्छेले प्रश्न गरेका छन्’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *