Advertisement

काेहलपुर महाेत्सवकाे समापन भाेलि

२३ पुष, काेहलपुर । काेहलपुर महाेत्सव-२०८२ काे समापन भाेलि हुने भएकाे छ । पुष ९ गतेदेखि काेहलपुर न्युराेडस्थित खुल्ला मैदानमा संचालन भईरहेकाे महाेत्सवकाे भाेलि समापन हुने भएकाे हाे ।

महाेत्सव समाराेह बिहान ११:३० बजेदेखि सुरू हुने महाेत्सव आयाेजक मुल समाराेह समितिका संयाेजक प्रदिप भट्टराईले जानकारी दिए । काेहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसार आचार्यकाे प्रमुख आतिथ्यतामा समापन समाराेहमा संचालन हुने भट्टराईले जानकारी दिए ।

१५आै दिनसम्म भब्य रूपमा संचालन भएकाे महाेत्सवकाे समापन समाराेह भब्य रूपमा आयाेजना गर्ने सम्पूर्ण तयारी पूरा भएकाे आयाेजकले जनाएकाे छ ।

एस कुमार र हाउडे मायासँगै झुमे दर्शक
महाेत्सवकाे १४आै दिन चर्चित गायक एस कुमार, सिर्जना खत्री (हाउडे माया), कृष्ण बम र शिव संगितले काेहलपुरका दर्शकलाई मन्त्रमुग्ध पारेका छन । साँगितिक कार्यक्रमकाे अन्तिम दिन काेहलपुर महाेत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारसँग दर्शकले आत्मियता देखाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *