Advertisement

राप्ती सोनारीमा नेकपाको एकता सन्देश सभा 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को राप्तीसोनारी गाउँपालिकाको एकता सन्देश सभा वडा नं ५ बिनौना मा सम्पन्न भएको छ । राप्ती सोनारी वडा नं ५ को बिनौना सम्पन्न भएको सभामा बोल्ने वक्ताले हालको अवस्थामा बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेकोमा जोड दिए । नेकपा नै हालको बिश्वासिलो राष्ट्रिय शक्ति भएकोमा उनिहरुको जोड थियो ।
सोही कार्यक्रममा राप्ती सोनारी ७ का नेकपा एमाले २०७९ मा नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार विश्राम थारू लागायतका सयौँको सङ्ख्यामा काँग्रेस एमाले परित्याग गरि नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेको नेता पुजन विश्वकर्माले जानकारी दिए । उक्त सन्देश सभामा नेपाली कम्युनिष्ट पार्टीका नेता महेश्वर जंग गहतराज अथक , नरेन्द्र न्यौपाने , पुजन विश्वकर्मा , नरेन्द्र पाण्डे जेम्स , दामोदर अधिकारी , अवराज खड्का लगायतले सम्बोधन गरेका थिए । राप्ती सोनारी गाउँपालिका अध्यक्ष जनक थारूको अध्यक्षतामा भएको कार्यक्रममा नेता राम लखन थारूले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *