Advertisement

राप्ती सोनारी गाउँपालिका वडा नं ७ का ज्येष्ठ नागरिकलाई कम्बल बितरण 

राप्ती सोनारी गाउँपालिका वडा नं ७ का ज्येष्ठ नागरिकहरू लाई शुक्रवार सम्मान गरिएको छ । वडाका ४ सय ६५ ज्येष्ठ नागरिकहरू लाई सम्मन स्वरुप ओढ्ने कम्बल बितरण गरिएको हो । वडाले समाजिक सुरक्षा कार्यक्रम अन्तरगत ज्येष्ठ नागरिकहरूका लागि बिभिन्न कार्यक्रमहरू गर्दै आएको वडा अध्यक्ष राम लखन थारूले बताए । विगतमा पनि ज्येष्ठ नागरिकहरू लाई समय अनुसार बिभिन्न सामाग्री बितरण गर्ने गरिएको अध्यक्ष थारूको भनाई छ ।

स्थानीय सरकार हाम्रो हो भन्ने भावना जगाउन वडाले नियमित यस्ता कार्यक्रम गर्दै आई रहेको थारूको भनाई छ । दोश्रो कार्यकाल वडा अध्यक्ष बनेका थारूले आफू वडा अध्यक्षमा निर्वाचित भए देखिनै यस्ता कार्यक्रमहरू गर्दै आई रहेको बताए । पहिलो चरणमा वडा कार्यालय बाटै कम्बल बितरण गरिएको बताउँदै थारूले अशक्तहरू लाई घर घरमा पुगेर बितरण गर्ने जानकारी दिए । वडा अध्यक्ष थारू तत्कालीन नेकपा माओवादी केन्द्र र हालको नेपाली कम्युनिष्ट पार्टी राप्ती सोनारीका लोकप्रिय नेता हुन ।

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय आयोजक समिति सदस्य पुजन विश्वकर्मा लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *