Advertisement

बाँकेमा नेकपाबाट युवा उम्मेदवार , पाण्डे , बिष्ट र जि एम उम्मेदवार, प्रचण्ड –माधवले दिए टिकट

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ बाँके जिल्ला बाट उम्मेदवारी टुगो लगाएको छ ।

आइतबार नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले बाँके १ बाट नरेन्द्र पाण्डे जेम्स , २ बाट दिपेन्द्र बिष्ट र ३ बाट दीपक जि एम लाई टिकट दिएका हुन् ।

नयाँ पुस्तालाई नेपाली कम्युनिष्ट पार्टी प्रति आशा जगाउन निती निर्माणको तहमा युवा उम्मेदवार अनिवार्य रहेको नेकपाका संयोजक पुष्प कमल दाहाल प्रचण्डको भनाई छ । टिकट हस्तान्तरण गदै प्रचण्डले नव युवाहरूको भावना अनुसार युवाहरू लाई पार्टीले अगाडि सारेको बताए । कयौँ पाका र पुराना नेताहरू हुँदा हुँदै पार्टीले युवा लाई विश्वास गरेकाले विजय भएर सांसद भवन आउन भन्दै अग्रीम शुमकामना दिएका छन । नेकपाले बाँकेमा यस पटक तिनै जना नयाँ र युवा अनुहार लाई चुनाव मैदानमा उतारेको छ । हाल सम्म कुनै लाभको पदमा नरहेका र लामो राजनैतिक  इतिहास भएका लोकप्रिय उम्मेदवार रहेकाले जित निश्चित रहेको नेकपाका नेता नरेन्द्र न्यौपानेले जानकारी दिए । राजनैतिक भविष्य बोकेका युवाहरू लाई आगाडि सार्दा आम कार्यकर्ता र जनतामा आशाको सञ्चार भएको छ ।

नरेन्द्र पाण्डे जेम्स 
कोहलपुर नगरपालिका वडा नं ३ का स्थाई बासिन्दा ४२ बर्षिया नरेन्द्र पाण्डे लामो राजनैतिक भएका युवा हुन । माओवादी आन्दोलनको बिभिन्न मोर्चामा काम गरेका उनी हाल नेपाली कम्युनिष्ट पार्टीका  केन्द्रीय सदस्य हुन । यस अघि उनी नेकपा माओवादी केन्द्रको जिल्ला संयोजक पनि हुन ।

युवाहरू माझ लोकप्रिय जेम्सले बाँके क्षेत्र नं १ को विकास र युवाहरूका पक्षमा निती निर्माण तहमा आवाज बुलन्द पार्ने बताए । राप्ती नदिको कटान तथा डुबान समस्या समाधान , बाँके  निकुञ्जको मध्यवर्ती क्षेत्रको बासिन्दाको समस्या , सिक्टा नहर , कोहलपुर लाई औंद्योगिक शहरको रुपमा विकास गर्न आफूले भूमिका खेल्ने बताए । 
दिपेन्द्र बिष्ट 
नेपालगन्ज उम महानगर पालिका ४ निवासी ३६ बर्षिया दिपेन्द्र बिष्ट रणनिति समाज सेवा र व्यवसाय लाई सँग सँगै आगाडि बढाई रहेका युवा हुन । नेपालगञ्जमा आधा दर्जन व्यवसायीका फम सञ्चालन गरेका बिष्टले राजनीतिशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन गरेका छन । नेपालगन्ज उद्योग वाणिज्य सङ्घको कार्य समिति सदस्य रहि सकेका बिष्ट नेपाली कम्युनिष्ट पाटिको लुम्बिनी प्रदेश सचिवालय सदस्य हुन ।

उनले राप्ती नदिका कारण समस्यमा परेका डुडुवा वासीको समस्या समाधान लगायत , नेपालगंजको व्यवायीक समस्या , नेपालगन्ज लाई मेडिकल र र्शक्षिक हवको रुपमा विकास , नेपालगन्ज बिमान स्थल लाई क्षेत्रिय अन्तराष्टिय बिमान स्थल , युवाहरूको रोजगारी र शिक्षा आफ्नो प्राथमिकता भएको बताए । 
दीपक जि एम 
बैजनाथ गाँउपालिका वडा नं ५ निवासी ४३ बर्षिया दीपक जिएम हाल नेकपाका केन्द्रीय सदस्य हुन । युवा संघ बाट राजनीति गरेका जि एम युव सङ्घको बिभिन्न भुमिकामा रहेर काम गरि सकेका छन ।

पुर्व मन्त्री दल बहादुर सुनार मन्त्री भएका समयमा स्वकिय सचिव रहेका जिएम हाल उनै सुनार सँग चुनाबि प्रतिस्प्रर्धा गदै छन । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *