बाँके / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलवार बाँकेको तीनै वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ । बाँके १ बाट बिभिन्न दल र स्वतन्त्र सहित १६ दलले उम्मेदवारी दर्ता गराएका छन ।
बाँके क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिष्ट पार्टीका नरेन्द्र पाण्डे, नेपाली काँग्रेसका जिल्ला सभापति नारायणप्रसाद गौडेल , नेकपा ( एमाले) का निवर्तमान सांसद सूर्य ढकाल, राप्रपाका प्रदीपकुमार शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश थारू तथा प्रगतिशील लोकतान्त्रिक पार्टीकी नमुना केसी ले उम्मेदवारी दर्ता गराएकी छन । नेकपाका उम्मेदवार नरेन्द्र पाण्डेले मनोनयन दर्ता पछि आफूहरू निकै उत्साही भएको बताए ।
उनले शुशासन र भ्रष्टाचार नियन्त्रण र यस क्षेत्रको विकास लागी नेकपा नै एक मात्र पार्टी भएको बताए ।उम्मेदवार पाण्डेले राप्ती नदीको कटान र डुवान नियन्त्रण , निकुञ्ज र मानव द्वन्द्वको अन्य गरि भय रहति मानव बस्ति , सिक्टा नहर लाई पुर्णता , बाँके निकुञ्ज लगायत पर्यटनको बिकास गरि युवाहरु लाई रोजगार र स्वरोगर बनाउन, कोहलपुर लाई आधुनिक र व्यवस्थीत ओधोगिक सहर बनाउन आफ्नो उम्मेदवारी भएको बताए । उनले नरैनापुर राप्ती सोनारीमा सडक सञ्जाल बिकास कृषि र पशुपालनको आधुनिक करण ,कोहलपुर शैक्षिक हव र मेडिकल सिटिको रुपमा बिकास गनेै राप्ती सोनारी र नरैनापुरमा व्यवसायिक शिक्षा गुणस्तरीय स्वाथ्य सेवाको बिकास गर्न आफु लागी पर्ने बताए ।
उम्मेदवार मनोनयन कार्यक्रममा नेकपाका नेता तथा सोहि क्षेत्रका पुर्व सांसद महेश्वर जंग गहतराज अथक , नेतृ पुर्णा कुमारी सुबेदी , युवा नेता नरेन्द्र न्यौपाने , नेकपा नेतृ एंव समानुपातिक सांसद मञ्जु कोईराला , नेताहरु उषा पुन , तुलाराज बिष्ट , अवराज खड्का ,रेणुका खड्का , रुद्र खनाल लगायत नेता कायक्रर्ताको सहभागीता रहेको थियो ।













Leave a Reply