Advertisement

युवा व्यवसायी बिष्टले वाके २ मा नेकपाको तर्फबाट गराए मनोनयन 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलवार बाँकेको तीनै वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ । बाँके २ बाट बिभिन्न दल र स्वतन्त्र सहित २२ दलले उम्मेदवारी दर्ता गराएका छन । 
बाँके क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिष्ट पार्टीका दीपेन्द्र विष्ट, पूर्वमन्त्री मोहम्मद ईश्तियाक राईले नेकपा (एमाले) को तर्फबाट उम्मेदवारी दर्ता गराएका छन । सोही क्षेत्रमा नेपाली काँग्रेसका जिल्ला सचिव सुधान्सु कोइरालाले पनि उम्मेदवारी दर्ता गराएका छन ।त्यसैगरी क्षेत्र नं २ बाट राप्रपाका ऋषिराज देवकोटा, जनता समाजवादी पार्टी नेपालका कमरुद्दीन राई, जनता समाजवादी पार्टीका सरस्वती प्रसाद बर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठ तथा स्वतन्त्र उम्मेदवार गोपालप्रसाद गिरी, शौभाग्य जंग शाह लगायत गरी जम्मा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बिष्टले आफू बाँके २ मा विजय  हुने बताए । 
। 

उनले जेनजी आन्दोलनको मर्म अनुसार आफूले उम्मेदवारी दिएको बताउँदै यस क्षेत्रको विकासका लागी आफू लागी पर्ने बताए ।
नेपालगञ्जका युवा व्यवसायी बिष्ट युवाहरू माझ लोकप्रिय रहेकोले जित निकाल्ने आँकलन गरिएको छ । उम्मेदवार मनोनयनमा नेकपा नेता अमिर केसी ,रतन शाही, प्रेम शाह लगायत सयौँ नेता कार्यकर्ताको सहभागिता रहेको थियो । नयाँ र युवा माझ बिष्टको लोकप्रिय छवि छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *