Advertisement

कोहलपुरमा कृषि मेला प्रदर्शनी तथा सचेतना कार्यक्रम 

कृषि बजार व्यवस्थापन समिति कोहलपुर बाँकेको २७ औ स्थापना दिवस तथा कृषि मेला प्रदर्शनी तथा सचेतना कार्यक्रम २०८२ कोहलपुरमा सुरु भएको छ । आज देखी सुरु भएको मेला तथा सचेतना कार्यक्रम ९ गते सम्म सञ्चालन हुने कृषि बजार व्यवस्थापन समिति कोहलपुर बाँकेका अध्यक्ष उदिराम वलीले जानकारी दिए । मेलामा बिभिन्न १४ वाली लाई पुरस्कार तथा सचेतना गरिने वलीको भनाई छ ।

सोही अवसरमा कृषि औजार तथा प्रदर्शन , स्थानीय कृषि उपज वाट प्रशोधित उत्पादनहरू , विषादी तथा जैविक विविधता सम्बन्धी चेतना मूलक कार्यक्रम र लोप उन्मुख तथा स्थानीय संस्कृतिका कला प्रदर्शन गरिने आयोजनको भनाई छ ।

कार्यक्रममा झण्डै १ सय बढि कृषकहरूको सहभागिता रहेको आयोजकको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *