Advertisement

सहिदको प्रतिमामा माल्यार्पण गरेर नेकपा उम्मेदवार जेम्सले सुरु गरे चुनावी अभियान,जेम्स लाई सहिद परिवारको आर्शिवाद

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका नेकपाका उम्मेदवार नरेन्द्र पाण्डे जेम्सले सहिदहरुको प्रतिमामा माल्यार्पण गरेर चुनावी अभियान सुरु गरेका छन । राप्ती सोनारी ६ मा रहेको सहिदहरू प्रतिमामा माल्यार्पण गरेर अभियान सुरु गरेको पाण्डेले जानकारी दिए । सहिद हरुको बलिदानले गणतन्त्र सङ्घीयता , समावेशी समानुपातीक प्रतिनिधित्व सहितको गणतन्त्र प्राप्त भएकोले सहिदको सम्मान र सम्झना सहित चुनावी अभियान सुरु गरेको पाण्डेको भनाई छ ।

उनले सुशासन , भ्रष्टाचार नियन्त्रण र यस क्षेत्रको विकास लागी आफू उम्मेदवार बनेको भन्दै नेकपाको चुनाव चिन्ह तारमा मतदान गर्न आग्रह गरे । उनले राप्ती नदीको कटान र डुबान नियन्त्रण , निकुञ्ज र मानव द्वन्द्वको अन्य  , सिक्टा नहर लाई पूर्णता , बाँके निकुञ्ज लगायत पर्यटनको विकास गरि युवाहरू लाई रोजगार र स्वरोजगार बनाउन, कोहलपुर लाई आधुनिक र व्यवस्थीत अयौगिक सहर बनाउन आफ्नो उम्मेदवारी भएको बताए । उनले नरैनापुर राप्ती सोनारीमा सडक सञ्जाल विकास कृषि र पशुपालनको आधुनिक करण ,कोहलपुर शैक्षिक हव र मेडिकल सिटीको रुपमा विकास गनेँ राप्ती सोनारी र नरैनापुरमा व्यवसायिक शिक्षा गुणस्तरीय स्वास्थ्य सेवाको विकास गर्न आफू लागी पर्ने बताए ।सो अवसरमा पाण्डे लाई सहिद परिवारले बिजयको लागी अग्रिम शुभकामना सहित आर्शिवाद दिएका थिए ।

उनले तारा चुनाव  चिन्हमा मतदान गरेर बिजयी गराइदिन समेत बाँके क्षेत्र नं १ बासिमा अनुरोध गरे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *