Advertisement

निर्वाचन परिचालन समिति गठन , नेपाली कम्युनिष्ट पार्टी निर्माण पछि जनतामा उत्साह 

यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागी बाँके निर्वाचन क्षेत्र नं १ को राप्ती सोनारी गाउँपालिका र नरैनापुर नगरपालिकामा अगुवा कार्यकर्ता प्रशिक्षणका साथै निर्वाचन परिचालन समिति गठन गरिएको छ । राप्ती सोनारी गाउँपालिकामा चिम बहादुर धर्ती निर्मल र नरैनापुर गाउँपालिकामा सब्बिर खाँको नेतृत्वमा अलग अलग निर्वाचन परिचालन समिति गठन गरिएको नेता नरेन्द्र न्यौपानेले जानकारी दिए । पालिकाका अलग अलग भेलामा  नेपाली कम्युनिष्ट पार्टीले युवा उम्मेदवार अगाडि सारेको र नेपाली कम्युनिष्ट पार्टी निर्माण पछि कार्यकर्तामा थप उत्साह देखिएको र आगामी फागुन २१ गते हुने निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारको जित हुने निष्कर्ष निकालिएको नेता न्यौपानेले बताए । १९ वटा दल मिलेर बनेको दल प्रति जन आर्कषण बढेकोले यस पटक बाँके १ मा नरेन्द्र पाण्डे जेम्सको जित सुनिश्चित  रहेको वडा तहको रिपोर्ट रहेको उनको भनाई छ ।

राप्तीसोनारी र नरैनापुर क्षेत्रमा विगतमा बिधुतिकरण , बाटो , सिक्टा पूर्वी नहर र शिक्षा क्षेत्रको विकास लागी तत्कालीन नेकपा माओवादी र हालको नेपाली कम्युनिष्ट पार्टीले उल्लेखनीय काम गरेकाले यस पटक भोट हालेर बिजयी गराउने प्रतिबद्धता आएको नेता कार्यकर्ताको भनाई छ । निर्वाचन परिचालन समिति गठन कार्यक्रममा  निर्वाचन परिचालन समिति संयोजक महेश्वर जग गहतराज अथक , नरेन्द्र न्यौपाने , पट्टु थारू , पुजन विश्वकर्मा , रुद्र खनाल रेणुका खड्का , चिम बहादुर घर्ती , दामोदर अधिकारी लगायतको सहभागिता रहेको थियो । निर्वाचन परिचालन समिति वडा तहमा प्रचार प्रसार र मतदाता शिक्षाको काम गर्ने नेताहरूले बताएका छन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *