आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार दिपेन्द्र बिष्टको चर्चा र सक्रियता बढ्दो छ । उनले दैनिक दर्जन बढि कार्यक्रमहरू गरि रहेका छन । दैनिक बिभिन्न जेन जि युवा समूहहरू , व्यवसायी , स्कुल कलेजका विद्यार्थी र स्थानीय सँग अन्तरक्रिया गरि रहेका छन । सो क्रममा उनले उनीहरूको गुनासो सुन्ने र आगामी दिनमा समस्या समाधानको प्रतिबद्धता समेत जनाएका छन । सो क्रममा उनले आइतबार नेपालगन्ज उपमहानगरपालिका वडा नं। २२ पुरैनीमा चुनावी सम्पर्क कार्यालयको भव्य उद्घाटन सम्पन्न भएको छ। कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट लगायत नेता कार्यकर्ता र स्थानियको सहभागिता रहेको थियो ।
उद्घाटन समारोहमा समानुपातिक उम्मेदवार कस्मिरा खातुन (कालिमिया) र जामिया खातुन, निर्वाचन परिचालन समितिकी संयोजक पूर्णा कुमारी सुवेदी, प्रदेश सदस्य रतन शाही लगायत थुप्रै नेता– कार्यकर्ता तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै उम्मेदवार दिपेन्द्र बिष्टले विकास, रोजगारी र सुशासनलाई केन्द्रमा राखेर जनतासँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले युवादेखि व्यवसायी र सर्वसाधारण सम्मका आवाजलाई नीति र कार्यक्रममार्फत सम्बोधन गर्ने बताउँदै समावेशी र व्यावहारिक राजनीति आवश्यक रहेको धारणा राख्नुभयो।
बाँके क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले आज छुट्टाछुट्टै रूपमा स्थानीय व्यापारी तथा जेन–जी युवासँग भेटघाट गर्नुभएको छ। फरक– फरक भेटमा उठेका समस्या, अपेक्षा र सुझावलाई गम्भीरतापूर्वक लिँदै बिष्टले ती मागहरूलाई आफ्ना प्राथमिक एजेन्डामा राख्ने स्पष्ट सन्देश दिनुभएको हो।

व्यापारीसँगको भेटमा बिष्टले बजारको अवस्था, कर तथा प्रशासनिक झन्झट, लगानीको सुरक्षा र रोजगारी सिर्जनाजस्ता विषयमा छलफल गर्नुभयो। आफू व्यवसायी पृष्ठभूमिबाट आएको उल्लेख गर्दै उहाँले व्यापार गर्दा भोगिने कठिनाइ आफूले नजिकबाट अनुभूति गरेको बताउनुभयो। “व्यापार सुरक्षित र सहज भए मात्र स्थानीय अर्थतन्त्र बलियो हुन्छ,” बिष्टको भनाइ थियो।
त्यसपछि जेन– जी युवासँगको संवादमा बिष्टले रोजगारी, सीप विकास, डिजिटल अवसर, शिक्षा र भविष्यप्रति युवाको चासो ध्यानपूर्वक सुन्नुभयो। युवाले उठाएका विषयप्रति गम्भीर रहेको बताउँदै बिष्टले भन्नुभयो, “जेन– जीको सोच र ऊर्जाबिनाको विकास सम्भव छैन।” फरक समूहसँग फरक सन्दर्भमा गरिएको संवादले बिष्टको अभियानलाई थप अर्थपूर्ण बनाएको सहभागीहरूको प्रतिक्रिया छ।














Leave a Reply