Advertisement

नेपालगञ्जका समस्याहरू सङ्कलन गर्दै उम्मेदवार बिष्ट , समाधानका लागी पहल गर्ने प्रतिबद्धता 

बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट यति बेला मतदाताको घर दैलोमा जाने अभियान लाई तीब्र बनाएका छन । उनले वडा वडामा सम्पर्क कार्यालय खोल्ने र जनताका सुझाव सङ्कलन गरेर समाधानका लागी पहल गर्ने प्रतिबद्धता समेत जनाई रहेका छन । उनले जनताको सुझाव सङ्कलनका  साथै बिभिन्न जेन जि युवाहरू सँग छलफल , व्यवसायीक क्षेत्रका समस्याहरू सङ्कलनका गरि रहेका छन ।

मङ्गलवार  बिहान नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ का मतदाता भेटघाटका साथै सम्पर्क कार्यलय स्थापन गरेको बिष्टले जानकारी दिए । सो क्रममा स्थानीयले खानेपानीको समस्या दीर्घकालीन समाधान गरिदिनु आग्रह गरेका थिए । उम्मेदवार बिष्टले आफूले स्थानीय बाट प्राप्त सुझावहरू सङ्कलन गरेको र ति समस्याहरू  योजना निर्माण गरेर समाधान गर्ने प्रतिबद्धता जनाएको बताए । उनले यस पटक तारा चिन्हमा मतदान गर्न आग्रह गर्दै आफू जीवन भर यस क्षेत्रको सेवामा लागी  रहने प्रतिबद्धता जनाएका छन । 
बिष्ट सँगै समानुपातिक उम्मेदवार कालिमिया कस्मिरा र जमिया खातुन पनि मतदाता भेटघाटमा सहभागी हुँदै आफ्ना प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ। समावेशी विकास, सामाजिक न्याय र आधारभूत सेवामा समान पहुँच सुनिश्चित गर्न संसद भित्र सशक्त भूमिका खेल्ने विश्वास दिलाए।
समानुपातिक उम्मेदवार कालिमिया कस्मिरा र जमिया खातुनले महिला, अल्प संख्यक र पछाडि पारिएका समुदायका आवाजलाई नीतिनिर्माण सम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै जनताको आवश्यकता अनुसारको नीति निर्माणमा आफूहरू लागी पर्ने भन्दै तारा चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *