Advertisement

नेकपाका बाँके २ का उम्मेदवार ३६ बर्षिया बिष्ट चर्चामा

पश्चिम नेपालको व्यापारिक र व्यवसायीक केन्द्र नेपालगन्ज यति बेला फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको चुनाब मय भएको छ । यो चुनावी दौडमा तिव्र गतिमा छन बाँके २ का सबै भन्दा कम उमेरका जुझारु युवा उम्मेदवार दिपेन्द्र बिष्ट । ३६ बर्षिया बिष्ट नेपाली कम्युनिष्ट पार्टीको तारा चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन । रणनिति र समाज सेवामा उतिकै सक्रिय बिष्ट दैनिक दर्जनौँ गतिविधि गरि रहेका छन । उनी पार्टी भित्र र बाहिरका गतिबीधीमा उतिकै सक्रिय छन । पार्टी भित्र अगुवा कार्यकर्ता भेटघाट , प्रचार कार्यालय स्थापना , लगायतका गतिविधि गरि रहेका छन भन पार्टी बाहिर जेन जि युवा समुह हरू सँग भेटघाटका काम गरि रहेका छन ।

खेल र खेलाडी सँग अन्तरक्रिया , व्यवसायी सँग भेटघाट  गुनासो र सुझाव सङ्कलनको काम दैनिक गरेको उम्मेदवार बिष्ट बताउँछन । उम्मेदवार बिष्टले यस पटक सुशासन र परिवर्तनका लागी तारा चुनाव चिन्हमा मतदान गर्न सबैलाई अपिल गरि रहेका छन । नेपाली कम्युनिष्ट पार्टीले २ जना मुस्लिम महिला र १ जना खस आर्य महिला लाई समानुपातिक तर्फ अगाडि सारेकाले पनि नेपालगञ्जका सबै मतदाताले यस पटक तारा चुनाव चिन्हमा मतदान गर्ने प्रतिबद्धता जनाएकाले आफू बिजयी हुने बिष्टको भनाई छ ।

नेपाली कम्युनिष्ट पार्टीले समानुपातिक तर्फ कस्मिरा खातुन कालिमिय र जामिया खातुन लाई आगाडि सारेको छ । भने खस आर्य तफ मन्जु कोइराला समानुपातिक उम्मेदवार हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *