Advertisement

बाँके १ मा नेकपाको उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) जिताउ अभियान तीब्र

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बाँके निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेन्द्र पाण्डे    ( जेम्स) ले अगुवा नेता– कार्यकर्तासँगको भेटघाटलाई तीव्र बनाएका छन्। 

सोही क्रममा उनले राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ का अगुवा नेता तथा कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया गरेका हुन्। कार्यक्रममा सम्बोधन गर्दै उम्मेदवार पाण्डेले बाँके राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा बाघलगायत जङ्गली जनावरको आक्रमणका कारण स्थानीय बासिन्दाले भोग्दै आएको गम्भीर समस्या उठाएका छन्। 

बाघको आक्रमणबाट मानवको ज्यान जाने, साथै गाई– भैंसी, बाख्रा लगायतका घरपालुवा पशुहरूमा दैनिकजसो क्षति भइरहेको उल्लेख गर्दै उनले यस समस्याको दीर्घकालीन समाधानका लागि सङ्घीय तहबाट पहल लिने प्रतिबद्धता जनाए। उनले राप्तीसोनारी क्षेत्रको समग्र विकास आफ्नो प्राथमिकता भएको बताउँदै ढुक्क भएर तारा चुनाव चिन्हमा मतदान गर्न मतदातासँग अपिल गरे। कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरू नरेन्द्र न्यौपाने र रुद्र खनाल, लुम्बिनी प्रदेश समिति सदस्य दामोदर अधिकारीलगायतका नेताहरूको उपस्थिति रहेको थियो। 

उनीहरूले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान व्यवस्थाको रक्षा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिँदै नेपाली कम्युनिस्ट पार्टीले अघि सारेको उम्मेदवार नरेन्द्र पाण्डेलाई विजयी गराउन आह्वान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *