नेपाली कम्युनिष्ट पार्टीका बाँके क्षेत्र नं १ का प्रतिनिधि समा सभा सदस्य उम्मेदवार नरेन्द्र पाण्डे जेम्सले जन भेटघाट कार्यक्रम सुरु गरेका छन ।
उनले शुक्रवार कोहलपुर नगरपालिकाको वडा नं १, २, ३र ४ मा एक साथ भेटघाट सुरु गरिएको जानकारी दिए । घरदैलोका क्रममा १९ बाम घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी प्रति जनताको उत्साह बढेको भन्दै उनले नयाँ र जुझारु उम्मेदवार लाई तारा चिन्हमा मतदान गर्ने प्रतिबद्धता स्थानीयले गरेका छन ।
देशको भरपर्दो राष्ट्रिय शक्ति नेपाली कम्युनिष्ट पार्टी भएको भन्दै स्थानीयले अव यस पटक नेपाली कम्युनिष्ट पार्टी लाई बिजयी गराउने प्रतिबद्धता उनीहरूले जनाएका छन । सुशासन , पारदर्शिता र विकास नेपाली कम्युनिष्ट पार्टीको एजेन्डा भएकाले सबैजना यसैमा गोलबद्ध हुने उनीहरूको भनाई छ ।
नेपाली कम्युनिष्ट पार्टी बाँके क्षेत्र नं १ ले यही फागुन २१ गते हुने निर्वाचनका लागी ३० वटै वडामा , अगुवा कार्यकर्ता भेला र निर्वाचन प्रचार प्रसार समिति गठन गरेको प्रचार प्रसार समितिले जनाएको छ । नेपाली कम्युनिष्ट पार्टीले यस पटक बाँके १ मा बिजयी हासिल गर्ने दाबी गरेको छ ।













Leave a Reply