नेपाल मगर सङ्घ बाँके जिल्ला समन्वय समितिको अध्यक्ष पदमा भुपेन्द्र पुन मगर सर्वसम्मत निर्वाचित भएका छन्। पुन मगरको नेतृत्वमा नयाँ कार्य समिति चयन भएसँगै जिल्लामा मगर समुदायको सङ्गठनात्मक गतिविधि थप सुदृढ हुने अपेक्षा गरिएको छ।
समितिको निर्वाचन प्रक्रिया शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको सङ्घले जनाएको छ। हकहित, पहिचान संरक्षण, सामाजिक न्याय र समावेशी विकासका एजेन्डामा नयाँ समितिले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा वक्ताहरूले मगर समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक रूपान्तरणमा सङ्घको योगदान अझ प्रभावकारी बनाइने बताए। साथै स्थानीय तहसँग सहकार्य गर्दै समुदाय केन्द्रित कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
नवनिर्वाचित अध्यक्ष भुपेन्द्र पुन मगरले सबैको विश्वास र समर्थन प्रति आभार व्यक्त गर्दै संघ लाई एकताबद्ध, पारदर्शी र परिणाममुखी बनाउने सङ्कल्प व्यक्त गरे। “समुदायको आवाजलाई सशक्त बनाउँदै विकास र पहिचानका मुद्दामा दृढतापूर्वक अघि बढ्छौँ,” उनले भने।
नयाँ नेतृत्व चयनसँगै नेपाल मगर सङ्घ बाँकेले आगामी दिनमा थप सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने आशा गरिएको छ।
नेपाल मगर सङ्घ बाँके जिल्ला समन्वय समितिमा नयाँ नेतृत्व चयन













Leave a Reply