नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दिपेन्द्र विष्ट चुनावी अभियानका क्रममा मतदानको मायाले आफू उत्साही भएको बताएका छन । घर दैलो अभियान लाई तीब्र बनाएका बिष्टले सो क्रममा सबैखाले मतदाताले आफू लाई निकै माया गरेको भन्दै आफू उत्साही भएको बताएका हुन ।
घरदैलोका क्रममा आफ्ना समस्याहरू सुनाउने र विजयका लागी अग्रिम शुभकामना दिने गरेको बिष्टको भनाई छ । उनले नेपालगन्ज बजार क्षेत्रका व्यवसायी देखी ग्रामीण भेक डुडुवाका मतदाताले आफ्नै उम्मेदवार प्रति आशावादी हुँदै अग्रिम शुमकामना दिने गरेको उनले बताए ।

घरदैलोका क्रममा उम्मेदवार विष्टले मतदाताका घर घरमा पुगेर स्थानीय समस्याहरू सुन्नुका साथै विकासका भावी योजनाहरू प्रस्तुत गरेका छन । उनले आफू भोट माग्न मात्र होइन, जनताका गुनासा सुन्न र यो क्षेत्रको मुहार फेर्ने सङ्कल्प लिएर चुनावमा होमिएको बताए । उनले सो क्रममा अग्रजको आशीर्वाद र युवाको साथ आफूले पाएको बताए ।
नयाँ नेतृत्व र परिवर्तनका लागि आफ्नो अमूल्य मतदान निर्वाचन चिन्ह तारा मा गरी आफूलाई विजयी गराउन उम्मेदवार विष्टले सम्पूर्ण मतदाता लाई अपिल गर्दै आएका छन । उक्त घरदैलो कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको ठूलो सङ्ख्यामा उपस्थिति रहेको थियो।उनले सोमवार नेपालगन्ज १९ ,२० र २ न. वडाका बिभिन्न क्षेत्रमा घरदैलो गरेका छन ।













Leave a Reply